गगन थापा किन अमेरिका पढ्न थाले, कसले व्यहोर्दैछ उनको सबै खर्च ?

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा अहिले अमेरिकामा छन् । तर उनी अहिले अमेरिकामा कुनै राजनीतिक प्रयोजनले हाेइन, पढ्न गएका हुन् ।

राजनीतिमा छिटोछिटो प्रगति हासिल गरेका र मन्त्री भइसकेका सांसद थापा यतिबेला अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हावर्ड केनेडी स्कूलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीका लागि विश्वव्यापी नेतृत्त्व र सार्वजनिक प्रशासन’ विषयको छोटो कोर्स गरिरहेका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले उनको पढाइको विषयमा औपचारिक जानकारी दिएको छ । दूतावासले आफ्नो फेसबुक पेजमा काँग्रेस नेता थापाले स्कूले विद्यार्थीलेझैँ कक्षामा बसेर पढिरहेको फोटो हाल्दै यस्ताे जानकारी दिएकाे हाे ।

उनको पढाइको भर्ना, अध्ययन खर्च र अन्य व्यवस्थापन कसले गरेको हो भन्ने प्रष्ट नखुले पनि उनको कक्षाकोठामा पढिरहेको फोटो नेपालस्थित अमेरिकी दूतावासबाटै सार्वजनिक हुनुलाई गम्भीर रूपमा लिइनुपर्ने विश्लेषकहरूको भनाइ छ ।

कतै नेता थापालाई अमेरिकाले आफ्नो विशेष मित्र भएको सन्देश दिन खोजेको त होइन ? कतै उनी आफै पनि अमेरिकी लबीमा पुगेका त होइनन् ? सानै उमेरमा बिपी पुत्र सशाङ्क कोइरालाको विरूद्ध काँग्रेस महामन्त्रीमा उमेद्वारी दिएका थापालाई विदेशी शक्तिहरूले सभापति देउवा र कोइराला परिवारको विरूद्ध भावी नेताको रूपमा तयार गर्न खोजेका त होइनन् ? कतै नेपाली काँग्रेसलाई टुक्राउने खेल त हुँदै छैन ? नेता थापाको अमेरिकी पढाइबारे काँग्रेस वृत्तमा गम्भीर छलफल भइरहेको छ ।

नेपाली कांग्रेसका महामन्त्रीका उमेद्वार समेत बनिसकेको मानिस पार्टीलाई एक पटक पनि नसोधी विदेशमा पढ्न जानु र उनको फोटो अमेरिकाको राजदूतावासले फेसबुकमा हाल्नु नेपाली काँग्रेसका लागि आत्मघाती भएकोले उनलाई पार्टीद्वारा स्पष्टीकरण सोधी कारबाही हुनुपर्ने माग काँग्रेसवृत्तमा उठेकाे कुरा सानेपा स्रोतले बतायो ।

देशको मन्त्री भइसकेको र बहालवाला सांसद रहेको व्यक्ति त्यसरी विदेशमा पढ्न जान मिल्छ कि मिल्दैन ? अनि उसको सुरक्षा र प्रतिष्ठामा आँच आउनेगरी दुतावासले फोटो सार्वजनिक गर्न मिल्छ कि मिल्दैन ? अमेरिकामा हजारौँ नेपालीहरूले पढ्ने र काम गर्ने गर्दछन् । तीमध्ये आजसम्म नेपालस्थित अमेरिकी राजदूतावासले कति जना नेपाली विद्यार्थीहरुको कक्षा कोठाको फोटो यसरी छापेको छ ? बौद्धिक वृत्तमा चर्चाको विषय बनेको छ ।

सामाजिक सञ्जालमा उनकाे पढाइलाई लिएर मिश्रित प्रतिकृयाहरू आएका छन् । केहीले उनकाे प्रशंसा गरेपनि धेरैले भने आलोचना गरेका छन् । कसैले भने ‘अर्ग्यानिक गगनलाई अमेरिकाले हाइब्रिड बनाएर पठाउने हाे कि’ भन्ने चिन्ता व्यक्त गरेका छन् ।

उनी अमेरिकामा रहेकै बेला नेकपाका अध्यक्ष प्रचण्डमाथि एकजना नेपाली नागरिकता परित्याग गरिसकेको र अमेरिकी नागरिकता लिइसकेको व्यक्तिले मुद्दा हाल्ने कोशिस गर्नु, नेपाली काँग्रेसको अमेरिका स्थित समितिले अध्यक्ष प्रचण्डलाइ अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने औपचारिक निर्णय गर्नुले उनी कतै नेपालको शान्ति प्रकृया भाँड्ने विदेशी औजार बन्न खोजिरहेका त छैनन् ? बाैद्धिक तथा नेकपा वृत्तमा भने यस्ता प्रश्नहरू उठेका छन् ।

केही समय अगाडि मात्रै अमेरिकामा पढेको र निरन्तर रूपमा अमेरिकी अधिकारीहरूको सम्पर्कमा रहेको गगन थापा जस्तै उमेरको र भेनेजुएलाको एक मात्र संसदको रूपमा रहेको राष्ट्रिय सभाको अध्यक्ष समेत रहेको खुँवा गोइएदोले अमेरिकाको समर्थन्‌मा दुई तिहाई जनाताको समर्थन प्राप्त भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरूद्ध ‘कू’ गर्ने केटौले प्रयास गरेको थियो । कतै कच्चा उमेर र अत्यधिक धेरै महत्त्वाकाङ्‌क्षी स्वभाव भएका काँग्रेस नेता थापालाई अर्को गुइएदोको रूपमा तयार गर्न लागिएको त होइन ? कुटनीतिज्ञहरूको बीचमा चर्चा भइरहेको छ । यसबारे नेता गगन थापाले भने कुनै प्रतिकृया जनाएका छैनन् । लेफ्टरिभ्यु

Loading...