धुर्मुस र रवि लामिछाने फिल्डमै पुगेर पीडितलाई राहत वितरण गर्दै

काठमाडौं । कलाकारिता र पत्रकारिताबाट निकै चर्चा कमाएका सिताराम कट्टेल धुर्मुस र रवि लामिछाने बारा र पर्साका हावाहुरीबाट पीडितलाइृ राहत वितरण कार्यमा सक्रिय भएका छन् । बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल र पत्रकार रवी लामिछानेले टोली नै लिएर राहत वितरण गर्न थालेका हुन् ।

२७ जनाकाे ज्यान लिएकाे र ५०० भन्दा बढीलाइ घाइते बनाएकाे आइतबार राति अाएको हावाहुरीबाट बारा र पर्साका हजाराै जनता घरबास बिहीन भएका छन । त्यसरी विचल्लीमा परेकाहरुलाई अन्य विभिन्न संघ संस्था, राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक कार्यमा सम्लग्न व्यक्तिहरु उद्धार तथा राहत वितरण खटेका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनले आँधी प्रभावित ४ सय परिवारका लागि चामल, त्रिपाल र चाउचाउ बाँडेको जनाएकाे छ । उक्त राहत आँधीबाट अति प्रभावित भएको फेटा गाउँपालिकामा पुर्‍याएर साे गाउँपालिकाका अध्यक्ष अमिरिलालप्रसाद शाहलगायतका जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरिएको फाउन्डेसनले जानकारी दिएकाे छ । 

कलाकार कट्टेलकाे टिमले गरिरहेकाे राहत वितरणका कामलाइ धुर्मुस सुन्तली फाउन्डेसनले अाफ्नाे फेसबुक पेजमा सेयर गरेको छ ।

धुर्मुसले २०७२ सालमा गएको विनाशकारी भूकम्प तथा वर्षा याममा तराइृमा परेकाे डुबानका बेला पनि पीडितहरुको उद्दार तथा राहत वितरण कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले भूकम्प पीडितका लागि तीन ठाउँमा भूकम्प प्रतिरोधी एकीकृत नमूना वस्ती समेत निर्माण गरिसकेका छन् । अहिले उनी अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको तयारीमा जुटेका छन् ।

त्यसैगरी पत्रकार रवी लामिछानेको टोली पनि बारा र पर्सामै रहेकाे छ । हावाहुरी पीडितहरुलाइ उनकाे टाेलीले पनि राहत वितरण गरेको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा मार्फत बिरामीको अवस्था बुझ्न अस्पतालहरुमा गएको जनाएका छन् । साथै उनले पीडितलाइ चामल, चिउरा, बिस्कुट, चाउचाउ, पानी पुर्याएकाे जनाएका छन् । उनले अाफूसँग केही दिनका लागि पुग्ने खाद्यान्न स्टकमा रहेको पनि उल्लेख गरेका छन् ।

रविले अाफ्नाे स्टाटसमा लेखेका छन्, “अस्पताल पुगि बिरामीको हाल बुझ्यौ । रगत, औषधीको अभाव छैन, प्रदेश सरकारले एकदमै जिम्मेवार भूमिका खेलेको छ। राहतदेखि उपचार, पुनःस्थापनाको सारा जिम्मेवारीको घोषणा गरिसकेको छ । थप बुझ्न रातको ९ बजे हामी पुनः हुरी प्रभावित क्षेत्रमा पुग्यौ । केही दिनकालागि पुग्ने राहत सामग्री स्टकमा छ । हामीले पनि चामल, चिउरा,बिस्कुट, चाउचाउ, पानी भरपुर मात्रामा आफैले पुर्यायौ । साथै राति ११ बजेतिर डाक्टर सहित गयौ, केहीको स्वास्थ्य स्थिति भुझ्यौ, सङै गएका डाक्टर मुकुलले चेक जाँच गरी उपयोगी स्वास्थ्य सल्लाह दिए र हामी करिब ११:३० बजे फर्कियौ । लाम्खुट्टेले टोकेर र शायद हुरीको डरले धेरै जना निदाएका छैनन्। देशबाट अनि विशेष गरि बिदेशबाट सहयोग गर्नु हुने सबैलाई धन्यवाद। थप आवश्यक सहयोग आवश्यक परे हामी सबै तैनाथ छौ। यो एकता सदा जिवित रहोस्।

सरकारले पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घाइतेको उपचार गर्ने, राहत, उद्धार तथा प्रभावितको उचित व्यवस्थापनका लागि गृहमन्त्रालयलाई निर्देशन दिएको हो । सोमबारै बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले पनि राहत उद्धारमा तदारुकता देखाउने तथा मृतकका परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

Loading...