२०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बने नेपालका सन्दिप लामिछाने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सबाट खेलिरहेका सन्दिप लामिछाने २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् ।

सोमबार राति भएको दिल्ली क्यापीटल्सबाट किङ्स ११ पञ्जावविरुद्ध २ विकेट लिँदै २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका हुन् । यो वर्ष सन्दीपले अहिलेसम्म २७ विकेट लिएका छन् । त्यस्तै, सन्दीपले पछि पारेका साहिद अफ्रीदीले २६, राशिद खानले २५ र हसनले २४ विकेट लिएका छन् ।

सन्दिप नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर हुन । उनले साेमबारकाे खेलमा पञ्जावविरुद्ध ४ ओभर बलिङ गरेका थिए । युवा स्पिनर सन्दीपले टि-२० मा सर्वाधिक विकेट लिने खेलाडी बन्दा विश्व चर्चित स्पिनर पाकिस्तानका सहिद अफ्रीदि, अफगानिस्तानका राशिद खान र बंगलादेशका शाकिब अल हसनलाई पछि पारेका छन् ।

सन् २०१८ मा तत्कालिन दिल्ली डेयरडेभिल्सबाट खेलेका सन्दीपले विश्वभरका चर्चीत टि—ट्वान्टी फ्रेन्चाईजमा सहभागीता जनाउँदै आएका छन् । जसका क्रममा उनले अस्ट्रेलियाको विग वास लिग देखि पाकिस्तान सुपर लिगसम्म खेलिसकेका छन् ।

सन्दीपले २ विकेट लिए पनि उनको टोली दिल्ली क्यापीटल्स पञ्जावसँग १४ रनले पराजित भएको छ । पञ्जावले दिएको १सय ६७ रनको लक्ष्य पछ्याएको दिल्लीले सबै विकेट गुमाएर १सय ५२ रनमा समेटियो ।

Loading...