१२ बुँदे घोषणा पत्र जारी गर्दै कला तथा सांस्कृतिक महोत्सव सम्पन्न

महानगरपालिकाका प्रमुख महर्जनद्वारा घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता

 

हस्तकला नगरीको घोषणा अनुरुप कार्य अघि बढाउन १२ बु“दे घोषणापत्र जारी गर्दै कला तथा संस्कृति महोत्सव आईतबार सम्पन्न भयो ।
आईतबार आयोजित एक समारोहकाबीच महोत्सवको आयोजक ललितपुर महानगरपालिका–१६, वल्ड क्राफ््ट काउन्सिल एसिया प्यासिफिक, नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका हस्तकला समिति,ललितपुर उद्योग वाणिज्य संघ, र ललितपुर हस्तकला संघले संयुक्त रुपमा सो घोषणापत्र जारी गरेको थियो ।
घोषणा पत्रमा १६ वडाका वडाअध्यक्ष निर्मलरत्न शाक्य, प्यासिफिकका उपाध्यक्ष धर्मराज शाक्य, महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य, महानगरपालिका हस्तकला समितिका संयोजक सुरेश महर्जन, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, हस्तकला संघका अध्यक्ष विसराम सिंहले हस्ताक्षर गर्नुभयो ।
घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको कला र संस्कृति संरक्षणमा सो महोत्सव कोशेढुंङ्गा साबित भएको धारणा राख्नुभयो ।
१२ बँुदे घोषणापत्र कार्यान्वयनको लागि आफ््नोतर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै घोषणापत्र अनुरुप कार्ययोजना बनाउने बताउनुभयो ।
कला तथा संस्कृति महोत्सवले ललितपुर महानगरपालिकालाई कला तथा सांस्कृतिक क्षेत्रमा काम गर्ने मार्गनिर्देशन गरेको पनि प्रमुख महर्जनको भनाई रहेको छ ।
समारोहमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालले घोषणापत्रको कार्यान्वयनका लागि सबै सरोकारवाला मिलेर अघि बढ््नुपर्ने खाँचो औल्याउनुभयो ।
सो अवसरमा ललितपुर महानगरपालिका –१६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले कला नगरीको घोषणा अनुरुप कार्य अघि बढाउने प्रस्थान बिन्दुको रुपमा महोत्सवको आयोजना गरिएको बताउनुभयो । सो महोत्सव चैत्र १३ गते शुरु भएको हो ।
घोषणापत्रमा के छ ? हेर्नुस घोषणापत्रको पूर्ण पाठ
कला तथा सांस्कृतिक महोत्सव घोषणापत्र– २०७५
वल्र्ड क्राफ््ट काउन्सिले गत कार्तिक २८ गते ललितपुर महानगरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरेको अवसरमा ‘हस्तकला नगरीको उत्सव, कला र संस्कृतिको महोत्सव’ भन्ने मूल नाराका ललितपुर महानगरपालिका– वडा नं १६ को प्रमुख आयोजना तथा नेपाल हस्तकला महासंघ, नेपाल ललितकला तथा प्रज्ञा प्रतिष्ठान, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य संघको प्रर्वद्धनमा २०७५ साल चैत्र १३ गते बुधबारदेखि चैत्र १७ गते आईतबारसम्म सफलतापूर्वक सम्पन्न भएको ठहर गर्दछौं ।
कला तथा सांस्कृतिक महोत्सवका दौरान देखिएको टोलवासीको उत्साहजनक सहकार्य, दोस्रो दिन सम्पन्न बृहत अन्र्तक्रिया र तेस्रो दिन आयोजित हस्तकला विकासका लागि भएको सामूहिक छलफल समेतको निष्कर्षलाई मध्यनजर गर्दै महोत्सवका दौरानमा हस्तकला व्यवसायी, पर्यटन व्यवसायी, सहकारीकर्मी, जनप्रतिनिधि, संस्कृतिकर्मी, कालिगढ र कलाकार लगायत महोत्सवमा संलग्न सबैकोे साझा अभिमतको रुपमा ३५ औं हस्तकला नगरीको घोषणा अनुरुप कला, संस्कृति प्रवद्र्धन, कलाकार, कालिगढको हकहितको क्ष्ोत्रमा ठोस महत्वपूर्ण कार्यहरु अघि बढाउन ललितपुरको पाटन शहरलाई हस्तकला नगरीका रुपमा थप विकसित गर्नुपर्ने ठहर गर्दै महोत्सवको उपलब्धिका रुपमा हामी निम्न घोषणा पत्र जारी गर्दछौं ।
हस्तकला नगरी निर्माणका लागि नीतिगत व्यवस्थातर्फ ध्यानाकर्षण ः
(१) इतिहासको लामो समयदेखि नै यहाँका बासिन्दाहरुको मुख्य पेशा धातुकला, प्रस्तकला, धातुकला, पौभा चित्र, चित्रकला, मृतका कला तामाका भाँडाकुँडा बनाउन, हाते तान बुनाई (थाःईथाय््गु), फिलगिरी (जडाउ ज्याः) लगायत हस्तकलाको संरक्षण, सम्र्बद्धन कलाकार र कालिगढको हितमा विशेष योजना र कार्यक्रम तय गर्न संघ, प्रदेश र ललितपुर महानगरपालिकाका समक्ष हार्दिक अपिल गर्दछौं ।
(२) ललितपुर कला, संस्कृति र सम्पदाहरुको संरक्षण, सम्र्बद्धन गर्न ललितपुर महानगरलाई सांस्कृतिक शहरको रुपमा विकास गर्दै पर्यटकीय दृष्टिकोणबाट संस्कृतिमैत्री भौतिक पूर्वाधार, विकास निर्माणका नीति, योजना र कार्यक्रम प्राथमिकतामा राख्न संघ, प्रदेश र ललितपुर महानगरपालिका समक्ष हार्दिक अपिल गर्दछौं ।
(३) कला र कलाकारिताको सम्मानले जीवन्त संस्कृतिसँग जोडिएको हाम्रा परम्परागत हस्तकलाको प्रवद्र्धन हुनेमा दुइमत हुनसक्तैन । कलाकारिताको कदर स्थापनार्थ स्थानीय तहलाई दिइएको अधिकार अनुरुप ललितपुर महानगरपालिकाले स्थानीय पाठ््यक्रम बनाउँदा यहाँको कला, संस्कृतिको इतिहास र कला, साहित्य र संस्कृति क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरुको जीवनी समावेश गराउनपनि जोडडार माग गर्दछौं ।
(४) कलाकारको क्षमता र अनुभवहरूको मूलप्रवाहीकरण, बजारीकरण, सबलीकरण, संस्थागत र संगठित बनाउँदै पर्यटकीय दृष्टिकोणबाट आधुनिक व्यवस्थापन गर्दै जानुपर्ने खाँचो छ । यस कार्यका लागि संघ सरकार, प्रदेश सरकार, स्थानीय तहले पनि आवश्यक वित्तीय, कानूनी र प्रोत्साहनमूलक विशेष सुविधाहरूको व्यवस्था गर्नुपर्ने टड््कारोलाई मनन गर्दै ती कार्यलाई अघि बढाउन जोडडार माग गर्दछौं । साथै, हस्तकलाको क्षेत्रमा काम गर्ने कालिगढहरुलाई बैकंबाट सहुलियत दरमा कर्जा, वा निब्याजी ऋण दिने व्यवस्था गर्नुपर्ने खाँचोतर्फ नीतिगत सम्बोधन गर्नपनि ध्यानाकर्षण गराउँदछौं ।
(५) हस्तकला क्षेत्रले मुलुकको अर्थतन्त्र र कला, संस्कृति, इतिहास, परम्परा, पहिचानलाई संरक्षण गरिरहेको छ । समुदायको समेत उल्लेख्य सहभागिता भएको हस्तकलाकोे क्षेत्रलाई विशेष क्षेत्रका रूपमा ग्रहण गरी ओझेलमा परेका गृहिणी महिला तथा उद्यमीहरुलाई प्रोत्साहित गर्न ३५ औं कला नगरीको मर्म अनुरुप विशेषतः महिला कालिगढहरुलार्ई ललितपुर महानगरपालिकामा व्यवसाय दर्तामा सहुलियत र कर छुट गर्नुपर्ने तर्फ पनि ध्यानाकर्षण गराउँदछौं ।
(६) इतिहासको लामो समयदेखि हस्तकलाका विशेष क्षेत्रको रुपमा पहिचान बोकेको ललितपुरको विभिन्न स्थानलाई विशेष हस्तकला क्षेत्र घोषणामार्फत संरक्षित गर्न जोडदार माग गर्दछौं ।
(७) नेपाल आएका विदेशी पर्यटकहरूले हस्तकलाका वस्तुहरू खरीद गरी आफ््नो देश लिएर जाँदा भन्सार बिन्दुहरूमा अनावश्यक झन्झटको अन्त्य गर्न भन्सार नियमावली अनुसार पर्यटकहरूले स्थानीय बजारबाट खरिद गरेको प्रमाणको आधार र विदेशी मुद्रा सटहीको प्रमाणको आधारमा सरल र सहज निकासीको वातावरण बनाईदिन पनि संघ सरकारको विशेष ध्यानाकर्षण गराउँदछौं ।
(८) क्राफ््ट सिटीले ल्याएको अवसर तथा चुनौती सामना गर्नेखालका कार्ययोजनाबारे बहस छलफल कार्यक्रम सञ्चालनकालागि ललितपुर महानगरपालिकाले प्रत्येक वडामा कला र संस्कृति महोत्सवलाई बढावा दिने नीति तया योजना समेट््न विशेष माग गर्दछौं ।
हस्तकला नगरी निर्माणमा तात्कालिक प्राथमिकताका निम्न कार्य गर्न हाम्रो सामूहिक प्रतिवद्धता ः
(१) क्राफ््ट सिटीको घोषणा अनुरुप कार्य अघि बढाउन ललितपुर महानगरपालिकाको क्राफ््ट सिटी समितिमा सबै सरोकारवालाको सहभागिता सुनिश्चित गराई वल्र्ड क्राफ््ट काउन्सिल ललितपुरको इकाइको स्थापना, विकासकासाथै आवश्यक स्रोत, साधन विनियोजित गर्न ध्यानाकर्षणकासाथै आवश्यक सहकार्य गर्न प्रतिवद्धता जाहेर गर्दछौं ।
(२) ललितपुरमा उत्पादित हस्तकलाजन्य उत्पादनको ब्राण्डिङ गर्न विशेष संकेत पेटेन्ट, कपीराइटको व्यवस्था मार्फत गरियोस्् । ललितपुरमा कार्यरत हस्तकला व्यवसायीहरु तथ्याङ्क, कालिगढहरुले भोग्नुपरिरहेको समस्या, चुनौती, बजारको माग, हाल उत्पादन भईरहेका सामग्री बारे बृहत अनुसन्धान गर्नुपर्ने देखिन्छ । यस कार्यमा ललितपुर महानगरपालिकालाई नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य संघले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
(३) हस्तकला क्षेत्र आफैमा मुनाफा निश्चित नभएको र लामो समयसम्म ठूलो मेहनतको लगानीपश्चात्् प्रतिफल दिने क्षेत्र भएकोले ढुवानी तत्व कारण ललितपुरका हस्तकलाका सामानहरू नेपाली र बाह्य दुवै बजारमा अन्य मुलुकका उत्पादन भन्दा महँगो पर्न जान्छन्् । यो अवस्थालाई दृष्टिगत गरी हस्तकला क्षेत्रलाई करमुक्तिको व्यवस्था गर्न सबै मिलेर अघि बढ््न प्रतिबद्धता व्यक्त गर्र्दैछौं ।
(४) हस्तकला क्षेत्रको सबलीकरणको लागि आवश्यक पर्ने दक्ष जनशक्तिको नियमित र पर्याप्त आपूर्ति हुने गरी जनशक्तिको विकास गरी थप रोजगारीको अवसर सिर्जना गर्न पनि सम्बद्ध निकायलाई ध्यानाकर्षण गराउँदछौं ।यसका लागि ललितपुर महानगरपालिका र वडाले हस्तकलाको सीपमूलक तालिम र प्रशिक्षणहरु सञ्चालन गर्नुपर्नेमा जोड दिन चाहन्छौं । हस्तकलाका वस्तुहरुको गुणस्तरीयता कायम गर्ने उद्देश्यका कार्यक्रम , बजारको माग अनुरुप विविध डिजाईन सम्बन्धि तालिम प्रशिक्षणमा सघाउन हामी प्रतिवद्ध छौं ।
हस्तकला तथा सांस्कृतिक महोत्सव दीर्घकालीन लक्ष्यको एउटा प्रस्थान बिन्दु रहेको आत्मसात गर्दै माथि उल्लेखित सामूहिक प्रतिवद्धताको तत्कालीक रणनीतिक लक्ष्यको रुपमा पर्यटकीय आकर्षण केन्द्रका रुपमा (सम्भवतः पाटन दरबार क्षेत्र, मंगलबजारमा) ललितपुरमा उत्पादित हस्तकला सामग्रीको विशेष प्रदर्शनी कक्ष वा संग्रहालय निर्माणका साथै वल्र्ड क्राफ््ट काउन्सिल ललितपुरको इकाइको स्थापना हुने तर्फ एकमत भई विस्तृत कार्ययोजना बनाउन यस घोषणा पत्र चिरप्रेरक हुने विश्वास सहित,वल्र्ड क्राफ््ट काउन्सिलले ललितपुरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरिएको अवसरमा हस्तकलाको उत्सव, कला तथा संस्कृति महोत्सव भन्ने मूल नाराका साथ चैत्र १३ गते बुधबार सो महोत्सव शुरु भएको थियो ।

Loading...