सुन ल्याउने चिनियाँ र एटिएम फोर्ने नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले चीनको स्ट्रङ्गको उडानबाट कुनमिङबाट काठमाडौँ आउँदै गरेका चिनियाँ नागरिक वाङ किजिकाङलाई शनिबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले अवैध रुपमा सुनको लकेट बोकेर आएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेका किजिकाङसँग प्रहरीले १३९ ग्राम सुन बरामद गरेको छ ।

त्यसैगरी महानगरीय प्रहरी वृत्त कमलपोखरीले इन्भेष्टमेन्ट बैंकको एटिएम फुटाउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले काठमाडौँ महानगरपालिका–९ ल्होत्से चोकस्थित इन्भेष्टमेन्ट बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा उदयपुरका अशोक पुरी र काभ्रेपलाञ्चोकका सोनाम गुरुङलाई आज दिउँसो पक्राउ गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...