देशैभरिबाट १४६ कुष्ठरोगीको पुनर्स्थापना

काठमाडौँ, १८ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बारा, पर्सा, नुवाकोट, चितवन र काठमाडौँलगायत देशैभरिबाट १४६ कुष्ठरोगीको पुनस्र्थापना गरेको छ ।

करीब ८० जना अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई समेत पुनस्र्थापना गरिएको मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइ । अपाङ्गता भएका व्यक्तिलाई दुई हजार ४६४ थान सहायक सामग्री उत्पादन र वितरण (हालसम्म) गरिएको सहसचिव शर्माले बताए ।

त्यसैगरी मन्त्रालयले सबै स्थानीय तह र प्रदेशमा अपाङ्गतामा आधारित पुनस्र्थापना कार्यक्रम सञ्चालन गरेको छ । “मन्त्रालयले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर साङ्केतिक भाषामा रेडियो÷टेलिभिजन कार्यक्रम सञ्चालन गर्नाका साथै अपाङ्गता आवाज सचेतनामूलक रेडियो कार्यक्रम सञ्चालन गरेको छ,” उनले भने ।

अपाङ्गता परिचयपत्र वितरण नमूना कार्यविधि बनाई सबै स्थानीय तहमा पठाइएको छ । पछिल्लो जनगणना २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसङ्ख्याको १ दशमलव ९४ प्रतिशत अर्थात् पाँच लाख १३ हजार ३२१ रहेको छ ।

नीतिनिर्माण तह÷राज्यका हरेक संरचनामा अपाङ्गताको जनसङ्ख्याका आधारमा समान सहभागिता हुनपर्ने, अपाङ्गतामैत्री संरचना निर्माण गर्नुपर्ने, शिक्षा र स्वास्थ्यमा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क गरिनुपर्ने माग यस क्षेत्रमा कार्यरत अधिकारकर्मीले गर्दै आएका छन । तथ्याङ्क अनुसार १ दशमलव ९४ प्रतिशतमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन् ।

त्यसैगरी बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् ।

Loading...