दुई मिनेटको हावाहुरीले तराईमा ढले २ हजार पोल

काठमाडौं, १८ चैत । आइतबार साँझ २ मिनेट आएको भयानक हावाहुरीले सबैभन्दा ठूलो क्षति बारा जिल्लामा पु¥याएको छ । हावाहुरीले बारामा मात्र २७ जनाको ज्यान गएको छ ।

हावाहुरीका कारण तराईका विभिन्न जिल्लामा गरी २ हजार विद्युतका पोल ढलेका छन् । नेपाल विद्युत प्राधिकरणले कलैया वितरण केन्द्र अन्तर्गत मात्रै एक हजारदेखि १५ सयसम्म विद्युतका पोल ढलेको जानकारी दिएको छ ।

कलैयास्थित शव स्टेशनमा क्षतिपुग्दा चन्द्रनिगाहपुर शवस्टेशमार्फत कलैया बजारमा विद्युत आपूर्तिको व्यवस्थापन मिलाइएको प्राधिकरणले जनाएको छ ।

पोल र ट्रान्सफर्मर ढल्दा करिब १० देखि १५ करोडसम्मको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनले अझै पनि क्षतिको पूर्ण विवरण आइनसकेको बताएका छन् । साथै प्रसारण लाइनमा क्षति पुग्दा वीरगञ्ज क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ ।

हावाहारीले परवानीपुर–वीरगञ्ज ६६ केभी डबल सर्किट लाइनमा क्षति पुगेर विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जनाएको छ । वीरगञ्ज–कलैया ३३ केभी प्रसारण लाइन पनि क्षतिग्रस्त भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

भारतबाट विद्युत आयात हुने रक्सौल–परवानीपुर र रक्सौल–वीरगञ्ज प्रसारण लाइनबाट विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जनाएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेकाे मृतककाे विवरण यस्ताे छ:

Loading...