बिहे गरेको पाँच महिना नपुग्दै निकसँग सम्बन्ध विच्छेद गर्दै प्रियंका चोपडा

काठमाडौं । वलिउडकी चर्चित नायिका प्रियंका चोपडाको बिहेको वार्षिकी नमनाउँदै सम्बन्ध विच्छेद हुने भएको छ । केही महिना अघि मात्र अमेरिकी गायकसँग बिहे गरेकी प्रियंकाबीच साना साना कुरामा पनि विवाद हुन थालेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुग्न थालेको ओके म्याग्जिनले दावी गरेको छ ।

३६ वर्षीय नायिका प्रियंकाले आफूभन्दा १० वर्ष कान्छा २६ वर्षीय अमेरिकी गायक निक जोनसँग गत डिसेम्बरमा बिहे गरेकी थिइन । ओके म्याग्जिनका अनुसार उनीहरु हरेक कुरामा आपसमा झगडामा उत्रने गरेका छन् । उनीहरुबीच झगडा बढ्न थालेपछि निकका परिवारले पनि सम्बन्ध विच्छेद माग्न थालेको उक्त म्याग्जीनले दावी गरेको छ । यसअघि उनका परिवारले प्रियंका परिपक्व महिला भएको हुनाले घर सम्हाल्ने र बालबच्चा पैदा गर्न सक्ने आशा गरेका थिए । तर, अहिले उनीहरुले उनी कच्चा रहेको उनका परिवारले अनुभव गरेको पनि उक्त म्याग्जीनले बताएको छ ।

यो जोडीले गत डिसेम्बरमा मात्र विवाह गरेका थिए । प्रियंका र निकले भारतको जोधापुरको रोयल उम्एड दरवारमा तीनसम्म विवाह उत्सव मनाएका थिए । जहाँ उनीहरुले हिन्दु र क्रिस्चियन परम्परा अनुसार विवाह प्रक्रिया पूरा गरेका थिए ।

Loading...