तनहुँका पाँच साहित्यकार सम्मानित

तनहुँ । तनहुँको शुक्ला साहित्य सङ्गमले पाँच साहित्यकारलाई सम्मान गरेको छ ।

सङ्गमले साहित्यको क्षेत्रमा योगदान पु¥याउने पाँच जनालाई शनिबार विभिन्न विधाबाट सम्मान गरेको हो । शुक्ला विशिष्ट पुरस्कारबाट गुल्मीका डा रामप्रसाद ज्ञवाली, शुक्ला पुरस्कारबाट सिराहाका धीरेन्द्र प्रेमर्षि, शुक्ला प्रतिभा पुरस्कारबाट तनहुँका जगन्नाथ पौडेल र शुष्मा सिग्देल र शुक्ला बाल प्रतिभा पुरस्कारबाट अमृत ढकाल नगदसहित सम्मानित भएका छन् ।

डा रामप्रसाद ज्ञवालीले नगद १५ हजार, धीरेन्द्र प्रेमर्षिले नगद रु १० हजार, जगन्नाथ पौडेल र शुष्मा सिग्देलले नगद पाँच÷पाँच हजार र अमृत ढकालले नगद रु दुई हजार ५०० सहित सम्मानपत्र प्राप्त गरे ।

उनीहरूलाई पूर्व गर्भनर डा दीपेन्द्रबहादुर क्षेत्री, शुक्ला साहित्य सङ्गमका अध्यक्ष नारायण श्रेष्ठलगायतले सम्मान गरेका छन् ।

Loading...