विप्लवको बुटवलमा रहेको कार्यालय भवन प्रहरीले डोजर लगाएर भत्कायो

बुटवल, १५ चैत । बुटवलको पाल्पा रोडमा रहेको नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा प्रहरीले डोजर लगाएर भत्काएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लामो समयदेखि कार्यालयका रुपमा प्रयोग गर्दै आएको रातो घरमा प्रहरीले डोजर लगाएर भत्काएको हो । यसअघि प्रहरीले उक्त घरमा नेकपाका सबै वोर्डहरु हटाएको थियो ।

रातो घरका नामले चर्चित सो घर माओवादी पार्टी नफुट्दै कार्यालयका रुपमा थियो । पार्टी फुटेपछि उक्त कार्यालय निरन्तर विप्लवका पक्षमा रहेको थियो । केही दिन अघि मात्र सो पार्टीमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले ताला लगाएर नियन्त्रणमा लिएको हो । उक्त घर राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा रहेको थियो । तर, युद्धकालमा राष्ट्रिय वाणिज्य बैंक त्यहाँबाट हटेको थियो र पछि शान्तिप्रक्रियापछि निरन्तर माओवादीहरुले उक्त घर कार्यालयका रुपमा प्रयोग गर्दै आएका थिए । सोही घरलाई इलाका प्रहरी कार्यालय बुटवलले शुक्रबार डोजर लगाएर भत्काएको हो ।

११ कठ्ठा जग्गा समेत रहेको उक्त स्थानमा वाणिज्य बैंकले नयाँ भवन बनाउने स्रोतले जनाएको छ ।

Loading...