आयो विप्लवको विज्ञप्ति, मिडियाका आएका समाचारबारे विप्लवको सभ्य खण्डन

काठमाडौ । सञ्चारमाध्यममा आफ्नो पार्टीका विरुद्ध अनेक खालका भ्रमहरु छरिएका भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले त्यसको खण्डन गरेका छन् ।

महासचिव विप्लवले एक वक्तव्य नै जारी गरी मिडियामा आएका भ्रमपूर्ण समाचार असत्य भएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन् । विज्ञप्तिमा विप्लवले भनेका छन्, “ ‘केही दिन अघिदेखि नेपालका कर्पोरेट हाउसहरुद्वारा सञ्चालित सञ्चार मिडियाहरुबाट हाम्रो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु योजनाबद्ध तरिकाले सम्प्रेशित भैराखेका छन् । शृंखलाबद्ध र योजनाबद्धरुपमा सम्प्रेशित यस्ता भ्रामक समाचारहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।”

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले नेपालमा भएका सबै परिवर्तनकामी आन्दोलनहरुको बैठान गलत तरिकाले हुन गई देश र जनताले अहिलेसम्म धोका पाइरहेको बताएका छन् । उनले भनेका छन्, “हाम्रो पार्टीले यी सबैखाले धोकाधडी, षडयन्त्रहरुलाई चिर्दै जनतामा झाँगिएको अविश्वासलाई विश्वासमा, निराशालाई आशामा बदल्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नै पुनर्गठित गर्दै अघि बढिरहेको पार्टी जसले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई सशक्त रुपमा उठाइरहेको छ ।”

यस्तो परिस्थितिमा आफ्नो पार्टीले जटिल राजनीतिक अभियान चलाइरहेको उल्लेख गर्दै उनले पार्टी विरुद्ध शृंखलाबद्ध र योजनाबद्धरुपमा सम्प्रेशित भ्रामक समाचारहरुप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । विप्लवले विगतमा जनताद्वारा सञ्चालित परिवर्तनकामी आन्दोलनहरुमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै अहिले पनि सञ्चारमाध्यमहरुको विगतको जस्तै भूमिकाको अपेक्षा राखेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विप्लवले भनेका छन्, “भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रकालागि घातक हुन जान्छन् । तसर्थ हाम्रो पार्टीका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सिर्जना गरी सम्प्रेशण नगर्न सम्बन्धित सबैमा अपील गर्दछ ।”

यस्तो छ विप्लवको विज्ञप्ति

Loading...