नेकपाका ४४ जिल्लाका १८४ नेता कार्यकर्ता पक्राउ प्रहरीको दावी

काठमाडौ‌, १४ चैत । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर व्यापक दमन गरेको छ । सरकारले सो पार्टीका स्थायी समिति सदस्य सहित सर्यौ नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

प्रहरीले अहिलेसम्म देशभरबाट नेकपाका १८४ जना कार्यकर्ता गिरफ्तार गरेको दावी गरेको छ । प्रहरीले ४४ जिल्लाबाट विप्लवका १ सय ८४ नेता–कार्यकर्ता पक्राउ गरेको जनाएको छ । पक्राउ पर्ने मध्ये सबैभन्दा माथिल्लो तहका नेता हेमन्तप्रकाश ओली सुदर्शन रहेका छन् । पार्टीका स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज रहेका सुदर्शनलाई काभ्रेबाट प्रहरीले पक्राउ गरेको हो । उनीसँगै अर्का केन्द्रीय सदस्य तथा पूर्वी तामासालिङ इन्चार्ज वसन्त श्रेष्ठ प्रज्वलनसहित ७ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । त्यसअघि प्रहरीले पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जिवन्त’लाई ललितपुरबाट र केन्द्रीय सदस्य बन्धु चन्दलाई अछामबाट पक्राउ गरेका थियो ।

पक्राउ गर्नेमा सबैभन्दा बढी काठमाडौं महानगरीय प्रहरी कार्यालयले गरेको छ । काठमाडौँले सबैभन्दा बढी २२ जना पक्राउ गरेको छ।
त्यसैगरी सिन्धुपाल्चोकबाट १७, ललितपुरबाट १०, इलामबाट ८, तनहुँबाट १२, अछामबाट ५, सप्तरीबाट ४, सर्लाहीबाट ३, सल्यानबाट ४, सुनसरीबाट ४, सोलुबाट ४, उदयपुरबाट २, कपिलवस्तुबबाट ३, चितवनबाट ७, कालिकोटबाट ३, कास्कीबाट ९, डोल्पाबाट २, बाराबाट ४, भोजुरबाट २, दाङबाट ३, म्याग्दीबाट ६, रामेछापबाट २, धनकुटाबाट ३, रुकुम पश्चिमबाट २, नवलपरासी पश्चिमबाट २, नवलपरासी पूर्वबाट २, रुपन्देहीबाट ४, रोल्पाबाट ३, रौतहटबाट २, पर्साबाट ४, लमजुङबाट २, पाँचथरबाट २, प्यूठानबाट ३, बाँकेबाट ६, संखुवासाबाट ३, मकवानपुरबाट २ र गोरखा, झापा, गुल्मी, कैलाली, धादिङ, तेह्रथुम, मोरङ र नुवाकोटबाट एक–एक जना पक्राउ परेका छन् ।

Loading...