भलिबलले लियो ज्यान, बोहरा दाजुभाइ पक्राउ

बझाङ, १२ चैत । भलिबल खेल्ने क्रममा बिवाद भएपछि कुटेर बालकको हत्या गरेको अभियोगमा २ युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा सुर्मा गाउँपालिका-५ स्थित सौनगाउँ बस्ने १८ वर्षीय जिवन बोहरा र १८ वर्षीय रनु बोहरा रहेका छन ।

भलिबल खेल्ने क्रममा आइतबार दिउसो बिवाद हुँदा उनीहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही ठाउ बस्ने १४ वर्षीय बालक आनन्द बिकको ज्यान गएपछि उनीहरु पक्राउ परेका हुन् ।उनीहरुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका बिकको उपचारको लागि जिल्ला अस्पताल बझाङ हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । कुटपिट गरि फरार भएका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय बझाङ, प्रहरी चौकी दौलीचार र सशस्त्र प्रहरी बलको संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा सुर्मा गाउँपालिका-५ मा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी गराएको छ ।

Loading...