सांस्कृतिक संरक्षित क्षेत्र टोखामा जनप्रतिनिधि, पत्रकार संयुक्त भ्रमण

काठमाडौँ, १२ चैत । ‘सांस्कृतिक संरक्षित क्षेत्र टोखाकाे पर्यटनलाइ बढाउन स्थानीय जनप्रतिनिधि, समाजका अगुवा, सांस्कृतिक तथा सामाजिक संघ–संस्था, पर्यटन व्यवसायी, पत्रकारकाे संयुक्त टाेलीले भ्रमण गरेकाे छ । समाजका विभिन्न क्षेत्रका पेशा व्यवसायीहरु तथा स्थानीय अभियन्ताहरुको सहभागितामा ‘टोखा सांस्कृतिक पर्यटन यात्रा” को आयोजना गरी सोमबार यस क्षेत्रका सम्पदा तथा एेतिहासिकस्थलहरुको संयुक्त अवलोकन भ्रमण गरिएकाे हाे । 

टोखा क्यब मिनी वाटर फन पार्कका अध्यक्ष सुशान्त डंगोलको अगुवाईमा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पर्यटनविद् कर्ण शाक्य, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, वडा नम्बर २ का अध्यक्ष दीपकराज जोशी र नेवाः पत्रकार कोषका अध्यक्ष कुमार रञ्जितले टोखाको सांस्कृतिक सम्पदा संरक्षणमा हुँदै आएका र भइरहेका गतिविधिबारे मन्तव्य राखेका थिए । 

कार्यक्रममा टोखा सांस्कृतिक सम्पदा संरक्षण दबूका अध्यक्ष मनिराज डंगोलले स्वागत गरेका थिए । नेवाः गुठी, न्यूयोर्कका निवर्तमान अध्यक्ष समीर महर्जन, उपाध्यक्ष विजयमान सिंह, टोखा नगरपालिकाका उप–प्रमुख ज्ञानमाया डंगोल, वडा नम्बर ३ का अध्यक्ष सिंहराज श्रेष्ठ, योग गुरु हरिओम अधिकारी साथै वरिष्ठ सञ्चारकर्मी प्रकाश प्रसाद उपाध्याय लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रमका बीच टोखा क्यब मिनी वाटर फन पार्कले नेवाः पत्रकार कोषलाई ५० हजार र भूतखेलमा खानेपानी ट्याङ्की बनाउन ५० हजार रुपियाँ सहयोग रकम प्रदान गरेको छ । यसैगरी ब्लड डोनर्स क्लबका सल्लाहकार राजेन्द्र कुमार श्रेष्ठले पनि नेवाः पत्रकार कोषलाई १० हजार रुपियाँ प्रदान गरेका छन् । भ्रमण नयाँ वर्षसँगै आउने बिस्केट जात्रा तयारीलाइ लक्षित रहेको आयोजकले बताएको छ ।

Loading...