अत्याधुनिक ५ ब्रुमरले दैनिक ८ घण्टा सहर सफा पार्दै काठमाडौँ महानगर पालिका

काठमाडाैं । काठमाडौं महानगरपालिकाले राजधानीको सडक अत्याधुनिक ब्रुमरले सफाई गर्दै धुलो मुक्त गर्ने कार्यक्रम शुभारम्भ गरेको छ ।

गत सोमबार इटलीबाट काठमाडौँ ल्याइएका पाँच वटा ब्रुमरहरुलाइ मंगलबार एक समाराेहकाबीच महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले उत्घाटन गरे । 

महानगरकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले यी ब्रुमरलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि सडक विभागको मातहतमा रहेका सडकका खाल्डाखुल्डी पुर्न अत्यावश्यक रहेको जानकारी गराइन । 

त्यसैगरी कामनपाका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाका अनुसार काठमाडौँलाई धुलोमुक्त बनाउन पाँच ब्रुमर अपुग रहेको भन्दै १५ वटा आवश्यक रहेको बताए । कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामनपाकोे जिम्मेवारीमा पर्छन । 

काठमाडाैंमा अब ४ वटा ब्रस भएका ५०० सय लिटर पानी र ४ ६८ घन मिटर धुलो भण्डारण क्षमता रहेका ब्रुमरले  राती ८ बजेबाट बिहान ४ बजेसम्म  दैनिक सडक सफा गर्ने भएका छन । मंगलबार आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर शाक्यले  पक्की सडकमा संचालन गरिने नयाँ ब्रुमारका लागि खाल्डाखुल्डी चुनौती रहेको बताए । उनले सडक जथाभावी खाल्डाखुल्डी पारी लथालिङ्ग नराखी व्यवस्थित बनाउन सडक डिभिजन, सडक बिभाग र मेलम्ची खानेपानी आयोजनालाइ आग्रह गरिसकेको बताए । 

पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताका अधिकतम प्रतिघन्टा १० कि मि सफाई क्षमता रहेको नयाँ ब्रुमर १० करोड ८० लाखमा ल्याएको कामनपाले जनाएको छ ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरमार्फत सडक सफा गरिँदै आएको थियो ।

बु्मर सञ्चालनको लागि हाल पाँच वटा सडक क्षेत्र तय गरिएको छ जसमा टेकुबाट शुरु गरी सोल्टीमोड हुँदै कलङ्की, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्ध सालिक, महाङ्काल, जमल, लाजिम्पाट, शितल निवास, शिक्षण अस्पताल, नारायण गोपाल चोकसम्म रहेको छ । त्यस्तै टेकुबाट शुरु गरी त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, बानेश्वर, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म र त्यहाँबाट फर्किएर तीनकुनेबाट कोटेश्वर, पेप्सिकोलासम्म दोस्रो क्षेत्रका सडक रहेको छ । 

टेकुबाट सुन्धारा हुँदै भोटाहिटी, विश्वज्योति, घण्टाघर, भद्रकाली, सिंहदरबार, पुतलीसडक, कमलादीमोड, हात्तीसार, जय नेपाल हल, दरबार मार्ग, कमलादी प्रज्ञा भवन पछाडिबाट काठमाडौँ प्लाजासम्मको रहेको छ । दरबारमार्गमा रहेको महेन्द्र शालिकबाट नारायणहीटी हुँदै केशरमहल चोक, त्यहाँबाट लाजिम्पाटतर्फ खानी तथा भूगर्भविभाग अगाडिको चोक, नारायणहिटी उत्तर गेट, गैरी धारा, प्रधानमन्त्री निवास, रसियन दूतावास, हुँदै शितल निवास, पानी पोखरी, लौनचौर, सोह्रखुट्टेसम्मको सडक सफा गरिने छ । 

त्यस्तै कमलपोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, सिनामङ्गल एअरपोर्ट गेट, गौशाला, चाबहिल, होटल हायात चुच्चेपाटी, बत्तीसपुतली, प्रदर्शनी मार्ग रहेको छ । पाँचौँ क्षेत्र अन्तर्गत न्युरोड गेट, वसन्तपुर, इन्द्रचोक, केशरमहलबाट त्रिदेवीमार्ग, रत्नराज्य स्कूल, थापागाउँ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सीतापाइला, बालाजु, गोँगबु, नारायण गोपाल चोक, चाबहिलको सडक सफा गर्नेछ । 

नयाँ ब्रुमरको पुजा गर्दै – उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ——– भिडियो क्लिप –फोटो , भिडियो – बुद्ध शरण शाही https://www.facebook.com/1908604156075058/videos/261939754742789/

बु्रमर (यान्त्रिक कुचो) को प्रयोग गरी सडक सफा गर्न शुरु

बु्रमर (यान्त्रिक कुचो) को प्रयोग

झीगु स: मंका स: ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಮಂಗಳವಾರ, ಮಾರ್ಚ್ 26, 2019

Loading...