एकाबिहानै काठमाडौंको चोभार नजिक यात्रु बस दुर्घटना, ३५ घाइते

काठमाडौं, १२ चैत । एकाबिहानै राजधानी काठमाडौमै यात्रु बस दुर्घटनामा परेको छ । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो ।

मंगलबार बिहान ६ः३० बजे चोभार नजिकै चाल्नाखेलमा बस दुर्घटना हुँदा बसमा सवार ३५ जना यात्रु घाइते भएका छन्् । ना ३ ख १४४४ नम्बरको यात्रुबसमा सवार घाइते मध्ये ३ को अवस्था गम्भीर छ ।

प्रहरी कार्यालय, फर्पिङका प्रहरी निरीक्षक राजाराम खड्काका अनुसार, घाइतेहरूलाई मनमोहन र वयोधा अस्पताल पठाइएको छ । १ जना घाइतेलाई भने मनमोहन अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेको जानकारी आएको खड्काले बताए ।

घुमाउरो सडकमा बस चालकले नियन्त्रण गर्न नसक्दा बस दुर्घटनामा परेको बुझिएको छ । बस घुम्ती सडकमै पल्टिएको छ । दुर्घटनाको विस्तृत कारण भने आइनसकेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै बसका चालक भागेर फरार भएको प्रहरीले जनाएको छ ।

Loading...