कला नगरी ललितपुरमा कला र सांस्कृतिक महोत्सव हुने

       

चैत्र ११ गते सोमबार /
वल्ड क्राफ््ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा भएको अवसरमा ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । कला नगरीलाइ वृहत परिचय दिन यो महोत्सव चैत्र १७ गतेसम्म हुने छ ।
ललितपुर स्थित पाटन दरबार क्षेत्रमा हुने महोत्सवको उत्घातन उपपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुने छ । हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव भन्ने मूल नाराका साथ सो महोत्सव पाँच दिनसम्म संचालन हुने छ । महोत्सवको प्रर्वद्धकमा नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य रहेका छन्् ।१६ वडाभित्रका टोलहरुमा रहेका भिभिन्न सस्थालाई महोत्सवको सह आयोजकको रुपमा राखिएको छ ।
महोत्सवको तयारीका लागि वडाले हस्तकला व्यवसायी, निजी क्षेत्र, सहकारीकर्मी, महिला समूह, पर्यटक व्यवसायी, जातीय समाजका प्रनिनिधि, टोल सुधार समिति, विभिन्न वडाका जनप्रतिनिधिहरुसंग छलफल गरी सकेको वडाले जनाएको छ ।  महोत्सवका मूल समारोह समितिका संयोजक एवं वडाअध्यक्ष निर्मलरत्न शाक्यले भन्नुभयो ।

नागबहाल टोल सुधार समितिको सहआयोजना र वसुवर्ण बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा नागबहालमा धातुकला, मूर्तिकलाको करिब २५ वटा स्टल रहने छन्् । नेवारी खाजा र अन्य खाद्य परिकारको गरी पा“च वटा स्टल रहने छन्् ।त्यसैगरी इलाननीमा कलाकारहरुले धातुका मूर्तिमा बुट्टा कु“दिरहेको जीवन्त प्रदर्शनी हुने छ ।
त्यस्तै नकबहीलस्थिल लोकाकिर्ति महाविहारमा चीनपछिको लिपिपछिको दोस्रो लिपिको रुपमा रहेको रञ्जना लिपि लेखन विधिबारे प्रदर्शनी गरिने छ।नकबहील टोल सुधार समितिको सहआयोजनामा सो बहीलमा महोत्सव अवधिभर गेडागुडीको मण्डला प्रदर्शनी हुने छ।हरेक वर्ष मंसिर पूर्णिमा सकिमना (पून्हि) का दिन नेवार समुदायमा हलिमली ब्वयेगु भनि गेडागुडीको मण्डला, देवीदेवताको आकृति बनाउने परम्परा रहेको छ । सो परम्पराको प्रतिकको रुपमा सो महाविहारमा प्रदर्शनी हुन लागेको हो । त्यस्तै सो महाविहारमा हरेक वर्ष दशैंको अवसरमा हुने अष्टमातृका नाचको झझल्को दिने गरी देवीदेवताको मुखाकृतिको प्रदर्शनी गरिने छ। महाविहारसंगैको नकबहीलमा सांस्कृतिक प्रदर्शनी हुने छ।नकबहीलमा फल्चामा (पाटीमा) मच्छिन्द्रनाथ बनाउने विधिको जीवन्त प्रदर्शनी हुने छ ।
त्यसैगरी भाष्करदेव संस्कारित लोकाकिर्ति महाविहार न्याखाचोकमा बज्रचार्य पुजाविधिको सहयोगमा मानिस जन्मदेखि नमरुञ्जेलसम्म गर्नुपर्ने दशकमं संस्कारमा र विभिन्न पुजाविधिमा प्रयोग गरिने सामग्रीको प्रदर्शनी हुने छ ।
त्यस्तै स्वठ टोल सुधार समिति सहआयोजनामा नेवारी परम्परागत भेषभुषा प्रदर्शनी, सांस्कृतिक नृत्य एवं सांगितिक कार्यक्रम हुने छ ।
धातुका मूर्तिकला, मूर्ति बनाउने प्रक्रियाको जीवन्त प्रदर्शनी गरिने छ । त्यसैगरी स्थानीय टंगल, तिच्छुगल्लीमा तामाका भा“डाकु“डा र कायगुननीमा विभिन्न पर्वको बोध गराउने सामग्रीको प्रदर्शनी गरिने छ ।
पिम्बहालस्थित ऐतिहासिक जगमदु पखु“मा (पोखरी)मा बोटिङ्ग , चिलच्वों स्तुपा वरिपरि राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पु¥याएका नेवार समुदायका व्यक्तित्वको चित्र प्रदर्शनी गरिने बताइएको छ ।महोत्सव अवधिभर वडाका परम्परागत धिमे बाजा, धां बाजा, नाय््खी बाजा, नौ बाजा मृडंङ्ग भजन, लाखे नाच लगायत विभिन्न सांस्कृतिक झाक्रीहरु प्रदर्शनी गरिने छ ।त्यसैगरी क्राफ््ट सिटी, संस्कृति संरक्षण, पर्यटक प्रर्वद्धन बारे अन्र्तक्रिया, डबली बहस हुने बताइएको छ ।हरेक दिन स्थानीय ब्राण्डहरुको सांस्कृतिक प्रस्तुती हुने छ । ।
‘महोत्सव वडा नं १६ लाई सांस्कृतिक, हस्तकला र पर्यटकीय वडाको रुपमा विकास गर्न टेवा पु¥याउने छ ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो।
विश्वसम्पदा सूचीकृत कृष्ण मन्दिरदेखि हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल), यशोधर महाविहार, रत्नाकर महाविहार लगायत लिच्छिवकालीन बौद्ध विहार, विभिन्न मूर्त, अमूर्त सम्पदा सो वडामै रहेको छ । कार्तिक नाच, अष्टमातृका नाच जस्ता मल्लकालीन नाचहरु सो वडाबाट सञ्चालन हुने गरेको छ ।‘यसलाई मध्यनजर गरेर वडालाई सांस्कृतिक, हस्तकलाका वडाको रुपमा विकास गर्ने लक्ष्य राखेको छु ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘ मेला लक्ष्यमा पुग्ने एक रणनीतिक महत्वको कार्यक्रम हो ।’

सो अवसरमा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले घोषणा अनुरुप ठोस कार्य अघि नबढेको अवस्थामा हुन लागेको महोत्सवले घोषणालाई मर्मलाई आत्मसात गरी ललितपुरको कला,संस्कृति र कालिगढहरुको हितका लागि अघि बढ््ने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।
उहा“ले घोषणा भएकोमा सरोकारवालाको भूमिका गौरवमा मात्र सीमित हुननहुने धारणा व्यक्त गर्दै घोषणा अनुरुप हस्तकलाको प्रर्वद्धनका लागि ठोस काम गरेर देखाउने समय आएको बताउनुभयो ।
वल्ड क्राफ््ट काउन्सिल एसिया प्यासिफिकका उपाध्यक्ष एवं महासंघका पूर्वअध्यक्ष धर्मराज शाक्यले घोषणापछि ललितपुर भित्र रहेका ऐतिहासिक सम्पदा मूलतः मठ, मन्दिर, स्तुप, चैत्य विहार एवं सत्तलहरुको संरक्षण र सम्र्वद्धन गर्ने बाध्यात्मक अवस्था आएको छ। महानगरपालिका भित्र उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरीयता कायम गर्ने, कालिगढहरुको लागि तालिम वा प्रशिक्षण केन्द्र, बजार प्रर्वद्धन लगायत गतिविधि गर्ने सकिने अवसर रहेको बताउ“दै उहा“ले त्यसका लागि ठोस योजनाको खा“चो औल्याउनुभयो ।

Loading...