निर्मला हत्या प्रकरणमा पक्राउ परेका एसपी विष्टलाई साढे १० लाख धरौटीमा छाड्न आदेश

कञ्चनपुर, १० चैत । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको आराेप लागेका तत्कालीन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

आइतबारको थुनछेक बहसपछि जिल्ला अदालत कञ्चनपुरले तत्कालीन एसपी विष्टलाई साढे १० लाख धरौटीमा छाड्न आदेश दिएको हो।

जिल्ला अदालत कञ्चनपुरका स्रेष्तेदार हरिकृष्ण अवस्थीका अनुसार न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले एसपी विष्टलाई यातना कसुरमा ६ लाख र प्रमाण नष्टमा साढे ४ लाख गरी साढे १० लाख धरौटीमा छाड्न आदेश गरेको हो। घरौटी बुझाउन नसके विष्टलाई कारागगार पठाउन आदेश भएको अवस्थीले बताए।

अदालतको आदेशपछि मंगलबार उपस्थित भएका एसपी विष्टविरुद्ध बुधबार र शुक्रबार थुनछेक बहस भएको थियो।

Loading...