कला महोत्सवको प्रचारमा साईकल ¥याली

        

चैत्र १०, ललितपुर
क्राफ््ट सिटीको प्रचारात्मक अभियान स्वरुप शनिबार ललितपुरमा भएको बृहत साईकल ¥यालीको उद््घाटन कार्यवाहक प्रहरी महानिरीक्षक ठूले राईले गर्नुभएको छ ।
ललितपुर महानगरपालिका–१६ ले सो ¥यालीको आयोजना गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षक समेत रहनुभएका राईले कला, संस्कृति, सम्पदा, इतिहासको संरक्षण गर्ने उद्देश्यले हुन लागेको महोत्सवको सफलताको कामना गर्नुभयो।
ललितपुर कला, संस्कृतिको शहर रहेको उल्लेख गर्दै कार्यवाहक महानिरीक्षक राईले यहा“को कला, संस्कृतिको संरक्षणसंगै शान्ति सुरक्षा, अपराध न्यूनीकरणमा समुदायको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभयो ।
नेपाल प्रहरीले अघि सारेका समुदाय प्रहरी साझेदारी अभियानलाई प्रभावकारी बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको पनि कार्यवाहक महानिरीक्षक राईको विचार रहेको छ ।
सो अवसरमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले हस्तकला नगरीको घोषणालाई औचित्य सिद्ध गर्ने पाईलाको रुपमा महोत्सव गर्न लागेका बताउनुभयो । वडाअध्यक्ष शाक्यले ललितपुरको संस्कृति, सभ्यता, कलाको संरक्षण गर्नुपर्ने दायित्वबोध गर्दै अन्य सरोकारवाला निकायलाई घचघच्याउने पनि महोत्सवको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।
उहा“ले महोत्सवको सफलताको लागि नेपाल प्रहरीको भूमिकाको खा“चो औल्याउ“दै महोत्सवलाई मर्यादित , शान्तिपूर्ण बनाउन प्रहरी प्रशासनसंग समन्वय गरेर अघि बढ््ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पाटन दरबार क्षेत्रबाट शुरु भएको सो ¥याली सौगल, सुन्धारा, ओकुबहाल, टंगल, इखालखु, गाबहाल हु“दै ठमेल पुगेको थियो । ठेमलबाट काठमाडौ र ललितपुरका विभिन्न भागको परिक्रमा गर्दै पुनः पाटन दरबार क्ष्ँेत्रमा आएर समापन भएको थियो ।¥यालीमा सशस्त्र प्रहरीका पूर्व महानिरीक्ष्ँक सिंहबहादुर श्रेष्ठ लगायत करिब ३ सय जनाको सहभागिता रहेको थियो ।
महोत्सवको तयारी अन्तिमचरणमा
यही चैत्र १३ गते ललितपुरमा हुने बृहत कला र सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
वल्ड क्राफ््ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा भएको अवसरमा ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागेको हो
हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव भन्ने मूल नाराका साथ सो महोत्सव पा“च दिनसम्म चल्ने छ । महोत्सवको प्रर्वद्धकमा नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य रहेका छन्् ।१६ वडाभित्रका टोलहरुलाई महोत्सवको सह आयोजकको रुपमा राखिएको छ ।
हस्तकला महोत्सव मूल समारोह समितिका महाससचिव सगुण धाख्वाका अनुसार नागबहाल टोल सुधार समितिको सहआयोजना र वसुवर्ण बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा नागबहालमा धातुकला, मूर्तिकलाको करिब २५ वटा स्टल रहने छन्् । नेवारी खाजा र अन्य खाद्य परिकारको गरी पा“च वटा स्टल रहने छन्् ।त्यसैगरी इलाननीमा कलाकारहरुले धातुका मूर्तिमा बुट्टा कु“दिरहेको जीवन्त प्रदर्शनी हुने छ ।
त्यस्तै नकबहीलस्थिल लोकाकिर्ति महाविहारमा चीनपछिको दोस्रो लिपिको रुपमा रहेको रञ्जना लिपि लेखन विधिबारे प्रदर्शनी हुने बताइएको छ।नकबहील टोल सुधार समितिको सहआयोजनामा सो बहीलमा महोत्सव अवधिभर गेडागुडीको मण्डला प्रदर्शनी हुने छ।हरेक वर्ष मंसिर पूर्णिमा सकिमना (पून्हि) का दिन नेवार समुदायमा हलिमली ब्वयेगु भनि गेडागुडीको मण्डला, देवीदेवताको आकृति बनाउने परम्परा रहेको छ । सो परम्पराको प्रतिकको रुपमा सो महाविहारमा प्रदर्शनी हुन लागेको हो । त्यस्तै सो महाविहारमा हरेक वर्ष दशैंको अवसरमा हुने अष्टमातृका नाचको झझल्को दिने गरी देवीदेवताको मुखाकृतिको प्रदर्शनी गरिने छ। महाविहारसंगैको नकबहीलमा सांस्कृतिक प्रदर्शनी हुने छ। नकबहीलमा फल्चामा (पाटीमा) मच्छिन्द्रनाथ बनाउने विधिको जीवन्त प्रदर्शनी हुने छ ।
त्यसैगरी भाष्करदेव संस्कारित लोकाकिर्ति महाविहार न्याखाचोकमा बज्राचार्य पुजाविधिको सहयोगमा मानिस जन्मदेखि नमरुञ्जेलसम्म गर्नुपर्ने दशकर्म संस्कारमा र विभिन्न पुजाविधिमा प्रयोग गरिने सामग्रीको प्रदर्शनी हुने छ ।त्यस्तै स्वठ टोल सुधार समिति सहआयोजनामा नेवारी परम्परागत भेषभुषा प्रदर्शनी, सांस्कृतिक नृत्य एवं सांगितिक कार्यक्रम हुने छ ।धातुका मूर्तिकला, मूर्ति बनाउने प्रक्रियाको जीवन्त प्रदर्शनी गरिने छ । त्यसैगरी स्थानीय टंगल, तिच्छुगल्लीमा तामाका भा“डाकु“डा र कायगुननीमा विभिन्न पर्वको बोध गराउने सामग्रीको प्रदर्शनी गरिने छ ।
पिम्बहालस्थित ऐतिहासिक जगमदु पखु“मा (पोखरी) मा बोटिङ्ग , चिलच्वों स्तुपा वरिपरि राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पु¥याएका नेवार समुदायका व्यक्तित्वको चित्र प्रदर्शनी गरिने बताइएको छ ।महोत्सव अवधिभर वडाका परम्परागत धिमे बाजा, धां बाजा, नाय््खी बाजा, नौ बाजा मृडंङ्ग भजन, लाखे नाच लगायत विभिन्न सांस्कृतिक झाक्रीहरु प्रदर्शनी गरिने छ ।त्यसैगरी क्राफ््ट सिटी, संस्कृति संरक्षण, पर्यटक प्रर्वद्धन बारे अन्र्तक्रिया, डबली बहस हुने बताइएको छ ।हरेक दिन स्थानीय ब्राण्डहरुको सांस्कृतिक प्रस्तुती हुने छ ।

Loading...