मातृभाषा र सम्पदा सरंक्षणमा स्यःस्यः समाजको चर्चा

 

  

चैत्र १०, ललितपुर/

संस्कृतिविद हरेराम जोशीको प्रमुख आतिथ्यतामा स्यःस्यः समाजको पाँचौ स्थापना दिवस भव्यताकासाथ सम्पन्न भएको छ । पाटनको अशोक पार्टी प्यालेसमा आयोजित उक्त स्थापना दिवसमा सहभागी विशिष्ट व्यक्तिहरुले स्यःस्यः समाजले जातिय समाजले राष्टियता, मातृभाषा र सम्पदा संरक्षणमा परम्परादेखि देखाएको कार्यको चर्चा गरेका छन ।

कार्यक्रममा बोल्दै संस्कृतिविद हरेराम जोशीले संस्कृतिको विकास सामूहिक कार्यमार्फत सामाजिक व्यवस्था स्थापित गर्ने मान्यता प्राप्त सकारात्मक पहलकदमीले हुने कुरामा जोड दिए । उनले संस्कृति र सम्पदाको जगेर्नामा संकुचित जातियता भन्दा बृहत संस्कारले नेवाः जातिको गौरवमय ईतिहास रहेको बताउँदै आधुनिक समाजमा नेवाः सभ्यताको महत्व सामाजिक विज्ञानका दृष्टिकोणले झन बढ्ने बताए । समग्र नेपालकै सभ्यता विकासमा नेवाः सभ्यता महत्वपूर्ण रहेको सन्दभ र भावी पुस्तामा स्यःस्यः समाजले ईतिहास साक्षी राख्दै नयाँ पुस्तामा संस्कृति र सामाजिक शिक्षाको महत्व कायम गर्नुपर्ने संस्कृतिविद जोशीको धारणा रहेको छ ।

 

स्यःस्यःसमाजका नवनियुक्त अध्यक्ष हरिहर मंगल जोशीको सभापतित्वमा भएको सो कार्यक्रमका वक्ताहरुले मन्तव्य राख्ने क्रममा ऐतिहासिक कालका सहिद शुक्रराज शास्त्रीदेखि वर्तमानसम्मका विशिष्ट व्यक्तित्वको चर्चा गर्दै हाल सबै नेवाः जातिका संस्थाहरुले एकतावद्ध भएर भाषा र संस्कृतिको जगेर्ना गर्नुको बिकल्प नरहेको जिकिर गरेका थिए ।

कार्यक्रममा ज्यापू समाजका अध्यक्ष एवं पूर्व सभासद चन्द्र महर्जनले सामाजिक पृष्ठभूमीमा स्यःस्यः समाजको शैक्षिकस्तर र छोटो समयावधिमा भएको समुदायगत विकासको प्रशंसा गरे । उनले ज्यापू समाजको ज्यापू प्रज्ञा भवन २५ वर्षको सांगठनिक संघर्षको ईतिहासले बिकसित भएको बताउँदै सामूहिक सहयोगले हाल विकसित जेष्ठ नागरिक सेवा केन्द्रलाई सबैको थप सहयोगमा साझा सम्पत्तिका रुपमा ग्रहण गर्न आग्रह गरे ।

 

कार्यक्रममा बोल्दै ललितपुरका मेयर चिरीबाबुले सम्पदा निर्माणमा ठेकेदारी प्रथा र सरकारी टेण्डर प्रकृयालाई बिस्थापित गरेर उपभोक्ता समितिका आधारमा निर्माणको धोका खोल्न भूमिका खेलेको दावी गरे । उनले पाटनको भिमसेन मन्दिर निर्माणमा किरण मान प्रधान, २५ वर्षपछि लोपोन्मुख खड्ग जात्रा संचालनमा साम्राज्यदेव श्रेष्ठ जस्ता युवाको संस्कृति र सम्पदा संरक्षणमा योगदानको पनि उल्लेख गरे । नगर पालिका सम्पदा क्षेत्र भित्र विभिन्न स्थानमा पुननिर्माण गर्न पुरातत्व बिभाग अन्तर्गत टेण्डर पाएका ठेकेदारले कुनै काम नगरेको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले खुलासा गरेका छन् । प्रमुख महर्जनले ठेकेदार कम्पनीले सम्झौता गरिएकाे कूल लागतको २५ देखि ३० प्रतिशत रकम अग्रिम बुझेर लगिसकेकाे तर काम अलपत्र छोडेको उनले बताएका छन ।

श्रीलंका सरकारको सहयोगमा ललितपुर बुङ्गमतिमा पुनर्निर्माण भइरहेको मच्छिन्द्र नाथको मन्दिर टेण्डर प्रक्रियाबाट जाँदा अहिले अलपत्र परेकाे छ । उक्त कार्य मौलिक परम्परागत शैलीका बारेमा दख्खल नै नभएका पिचरोड बनाउने ठेकेदारलाइ दिएका कारण तीनवर्ष बितिसक्दा जम्मा २२ प्रतिशत मात्र काम सकिएको प्रमुख महर्जनले बताए ।

स्थापना दिवसका अवसरमा प्रमुख अतिथीका हातबाट आजीवन ज्योतिष शास्त्रमा समर्पित भइ राष्ट्रिय पञ्चांग समितिका सल्लाहकार जेष्ठ नागरिक तुलसी नाथ जोशीलाई सम्मानित गरिएको थियो । त्यस्तै भुवनेश कुमार प्रधानको नवग्रह र ज्योतिषशास्त्रबारे अंग्रजीमा प्रकाशित पुस्तक विमोचनकासाथै विज्ञान संकायमा १२ कक्षामा उत्कर्ष अंकले उतीर्ण भएकी बिद्यार्थी लजः श्रेष्ठलाई स्व. रत्नलाल श्रेष्ठ र स्व.हरिदेवी श्रेष्ठ स्मृति कोषको पुरस्कार डा. केदारलाल श्रेष्ठका हातबाट प्रदान गरिएको थियो । आगामी वर्षदेखि मानविकी र व्यवस्थापन संकायमा उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गर्न कोष स्थापना गरेका मदन कुमार श्रेष्ठ र अहल्या श्रेष्ठलाई पनि सम्मानित गरिएको उक्त कार्यक्रममा समाजको पुल्चोक इलाकालाई उत्कृष्टताको बधाईपत्र प्रदान गरिएको थियो ।

स्थापना दिवस कार्यक्रमका संयोजक नविन मंगल जोशीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा पूर्व मन्त्री श्रृmद्धि बाबा प्रधान, महेशलाल प्रधान, पूर्व सांसद मदन अमात्य, संघीय सांसद कृष्णलाल महर्जन, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Loading...