मल्लको उपचारका लागि १ महिनाको पारिश्रमिक-भत्ता सहयोग गर्ने सेजुवालको घोषणा

युद्धकालका सहकर्मी दुबै मृगौला फेल भइ बेडमा छटपटाईरहेको सुनेपछि सेजुवालले लेखे यस्तो मार्मिक स्टाटस

काठमाडौं । कालिकोटको पचाल झरण गाँउपालिकाका अध्यक्ष खडकराज सेजुवालले दुबै मृगौला फेल भएर अस्पताल भर्ना भएका जाजरकोटका युवा कालीबहादुर मल्लको उपचार सहयोगका लागि आफ्नो एक महिनाको तलब र भत्ता सबै दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भावुक स्टाटस लेख्दै सेजुवालले जनयुद्धकालीन योध्दा दुबै मृगौलालाले काम नगरि छट्पटिरहेको खबरले असाध्यै पीडाबोध भएर सहयोगको घोषणा गरेको जानकारी दिएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा भनेका छन, ूबजारमा होलीको रङ खेलिरहँदा हस्पिटलको बेडमा एक जनयुद्धकालीन योध्दा केबि मल्ल दुबै मृर्गौलाले काम नगरि छट्पटिरहेको खबरले असाध्यै पीडाबोध भएको छ । स्वास्थ्यलाभको कामना सहित एक महिनाको मेरो नाममा आउने पारिश्रमिक भत्ता सहयोग गर्ने सानो घोषणा गर्न चाहन्छु । साथै पालिकाबाट पनि सकियो भने द्वन्दपीडित राहत कोष मार्फत सहयोग गर्ने घोषणा गर्दै । कोअर्डिनेसन गरिदिनुहुन आफन्तजनमा अनुरोध छ ।ू

सेजुवाल पनि पूर्व माओवादी नेता तथा जनमुक्ति सेनाका युद्धकालीन कमाण्डर हुन् । गत स्थानीय चुनावबाट पचाल झरणा गाँउपालिकामा निर्वाचित भएका सेजुवाल पूर्व विद्यार्थी नेता पनि हुन ।

जाजरकोटको कुशे गाउँपालिका वार्ड नं ५ घर भएका ३० वर्षीय विद्यार्थी नेता केबि मल्ल दुबै मृगौलाले काम गर्न नसक्ने भएपछि राजधानीमा उपचार गराइरहेका छन् । लामो समयदेखि मृगौलामा समस्या देखिए पनि आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन । सामान्य औषधी खाइरहेका मल्ल केहीदिन अघि स्वास्थ्य समस्या बढेपछि अस्पतालमा पुगेका थिए । अस्पताल पुग्दा चिकित्सकले उनको दुबै मृगौलाले ८० प्रतिशत पनि काम गर्न नसक्ने अवस्थामा रहेको जानकारी गराउँदै तत्काल डाइलाइसिस गर्नुपर्ने र पछि मृगौला प्रत्यारोपण गर्नुको विकल्प नरहेको बताएका थिए ।

अस्पतालको आइसियुमा राखेर उपचार गराइरहेका मल्लको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान चलिरहेको छ । उनको उपचारका लागि जाजरकोटको कुशे गाउँपालिकाले यसअघि पाँच लाख सहयोग प्रदान गरिसकेको छ । जुझारु विद्यार्थी नेताको पहिचान बनाएका मल्ल अस्पतालमा भर्ना भएको थाहा पाएपछि उनको केही नेताहरुले अस्पतालमै गएर सहयोग गर्ने घोषणा गरेका छन् । मल्लको गृहजिल्लाका नेता राजिव शाहले अस्पतालमै मल्ललाइ भेटेर एक लाख सहयोग घोषणा गरेका छन् । मल्ललाइ पूर्वमन्त्री दलजित श्रृपाइली, पूर्व संसद रत्नप्रसाद शर्मा, जीवन दर्शनका चर्चित प्रशिक्षक नरबहादुर कार्की, शिक्षक नेता शेरबहादुर अधिकारी लगायतले अस्पतालमै पुगेर सहयोग गर्ने घोषणा गरेका छन् ।

जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय सशक्त युवा नेताका रुपमा देखिएका मल्ल एक वर्षदेखि मृगौला रोगबाट पीडित थिए । चिकित्सकका अनुसार उनको दुबै मृगौला ८० प्रतिशत काम गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

केही महिना पहिले वीर अस्पतालमा जाँच गर्दा मृगौला रोगका लागि परिक्षण गरिने क्रिटीनाइन इन्डिकेटर ५ रहेकोमा मंगलबार फेरि चेक गराउँदा बढेर १५ पुगेको पाइएको छ ।

Loading...