पालुङटारमा कुकुर र चितुवाबीच घमासान लडाइँ अन्ततः दुबैको मृत्यु

गोरखा, ७ चैत । पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ । आज कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए ।

“बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै जङ्गलमा लगेर मारेको रहेछ”, उनले भने, “चितुवा र एउटा कुुकुर मृत भेटिएका छन् ।”

स्थानीयवासी फुचुङ लामाले सञ्चालन गर्दै आएको बाख्रा फार्ममा बाख्रामाथि आक्रमण गर्न आएको चितुवालाई ६ कुकुरले लखेटेका थिए । चितुवाको आक्रमणबाट दुई कुकुर घाइते भएको उनले बताए ।

चितुवा र कुकुर एकापसमा करीब डेढ घण्टा भिडेका थिए । घटनालगत्तै पालुङटार रातेमाटेस्थित सेरा प्रहरी चौकीबाट प्रहरी टोली तथा डिभिजन वन कार्यालयबाट गएको प्राविधिक टोलीले मृत चितुवालाई वन कार्यालयमा ल्यार्ई गाडेको थियो ।

Loading...