सुल्झिएन अंगीकृत नागरिकताको विवाद, सदनमा बन्यो अर्को उपसमिति

काठमाडौँ, ७ चैत । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले ‘अङ्गीकृत नेपाली नागरिकता प्राप्ति’ को विषयमा सबै दलको सहमति जुटाउन उपसमिति गठन गरेको छ ।

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गर्न आज बसेको समितिको बैठकले नौ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । उपसमितिमा सङ्घीय संसद्मा रहेका अधिकांश दलको प्रतिनिधित्व हुने गरी सांसद विजय सुब्बा, यशोदा सुवेदी, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहायप्रसाद यादव, राजकिशोर यादव, लक्ष्मी चौधरी, प्रेम सुवाल र मीना पाण्डे रहेका छन् ।

उपसमितिलाई दुई साताभित्र सबै दलका शीर्षनेतासँग छलफल गरी नागरिता प्राप्तिमा सहमति हुन नसकेका सबै विषयमा सहमति जुटाई प्रतिवेदन तयार गर्ने कार्यभार दिइएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन ।

बैठकमा सांसद यशोदा सुवेदी, नवराज सिलवाल, रामसहायप्रसाद यादव, प्रेम सुवाल, मीना पाण्डे, रेखा शर्मा, झपट रावल, अमरेशकुमार सिंह, दिलेन्द्रप्रसाद बडू, पम्फा भुसाल, वृजेशकुमार गुप्ता, राजेन्द्र श्रेष्ठ र महेश्वरजङ्ग गहतराजले प्रतिवेदनमा भएका नागरिकता प्राप्तिका विषयमा आफ्ना धारणा राखेका थिए

Loading...