मुगु सोराङ्ग लेकमा ठूलो हिमपहिरो जाँदा एकै व्यक्तिका १७ चौरी मरे

मुगु, ६ चैत । हिमपहिरोमा परेर मुगुमा ठूलो संख्यामा पुवा गाउँवासीका चौरीहरु मरेका छन् । जिल्लाको कार्मारोङ गाउँपालिकाको सोरुङ्ग भन्ने लेकमा हिमपहिरो गएको हो ।

कार्मारोङमा गएको हिमपहिरोमा परी सोही गाउँपालिका वार्ड नं. ६ पुवा गाउँका कोन्जोक छेवाङ तामाङ १७ चौर मरेका छन् । छेवाङले सोरुङ्ग लेकमा चराउनका लागि चौरी लगाएका थिए । हिमपहिरोले परेर उनका सबै चौरी मरेका छन् । एक स्थानीयले भने, हिमपहिरोले छेवाङको चौरी गोठ नै रित्तिएको छ ।

कोन्जोक छेवाङको १७ चौरीको १३ लाख ६० हजार बराबरको क्षति भएको छ । अहिले बजारमा ठूलो चौरीको १ लाख २० हजार र साना चौरीको ८० हजार मूल्य पर्दछ । सोही बजारभाउलाई अनुसार हिमपहिरोबाट सो क्षति मुल्याङ्कन गरिएको हो ।

उक्त हिमपहिरोले गत फागुन २३ गते गएको बुझिएको छ । फागुन २३ गते नै चौरी मरिसकेको भए पनि अत्यधिक हिउँ परेका कारण त्यस क्षेत्रतिर उक्लिन नसकेको छेवाङले बताए । कोन्जोक छेवाङ्गलाई चौरी पालनको निम्ति हिमाली परियोजनाले सहयोग गरेको थियो । यस वर्ष अत्यधिक हिउ परेपछि हिमाली भेगमा बसोबास गर्ने नागरिकलाई ठूलो क्षति पुगेको छ । यसअघि मुगु, हुम्ला र जुम्लामा पनि भेडाबाख्राहरु अत्यधिक हिउका कारण मरेको समाचार आएको थियो ।

Loading...