प्रचण्ड अस्पतालमा पुग्ने बित्तिकै उनी विरुद्ध अमेरिकी संघीय ब्यूरोमा उजुरी

काठमाडौं । प्रचण्ड विरुद्ध अमेरिकी संघीय ब्यूरोमा युद्ध अपराध र आतंककारी कार्यमा सम्लग्न भएको भन्दै उजुरी हाल्ने तयार गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष समेत रहेका प्रचण्ड अहिले अमेरिकामै छन् । प्रचण्ड अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन्स हस्पिटलमा पत्नी सिता दाहालको उपचारका लागि पुगेका छन् ।

प्रचण्ड अमेरिकाको अस्पतालमा पुग्ने बित्तिकै नेपाली मूलका अमेरिकी व्यक्तिले बाल्टिमोरमै रहेको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)का लागि उजुरी लेखेर सार्वजनिक गरेका छन् । प्रचण्ड विरुद्ध लेखिएको उक्त उजुरी अहिले निकै चर्चामा आएको छ । सो उजुरी केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठ नाम गरेका एक व्यक्तिले लेखेका हुन् । उनले आफ्नो उजुरीमा प्रचण्डको युद्धले नेपालमा १७ हजारभन्दा बढी मान्छे मारेको र उनी अमेरिकाको आतंककारी सूचीमा समेत समावेश भएको जानकारी गराइएको छ । उक्त कार्य ठूलो यु्द्ध अपराध र आतंकवादी कार्य भएको भन्दै अमेरिकाले उनीमाथि कारवाही गर्नुपर्ने उनको माग छ । उनले आफ्नो उजुरीमा अमेरिकाले आतंकवाद र नैतिक मुल्यमा आफ्नो मान्यता र अडान अनुसार काम गर्ने आशा गरेका छन् । उनले आफूलाई यो उजुरी अमेरिकाको कुन निकायमा दिनुपर्छ भन्ने थाहा नभएको भन्दै यसलाई सम्बन्धित ठाउँमा पु¥याइदिन आग्रह पनि गरेका छन् ।

अमेरिकी कानुनले कुनै पनि युद्ध अपराधीलाई आफ्नो देशमा पक्राउ गर्न सक्ने अधिकार दिएको छ । प्रचण्ड अमेरिका पुग्ने बित्तिकै त्यहाँ रहेका केही नेपालीहरुले नै उनको विरोधमा गतिविधि गरेका छन् । उनका विरुद्ध प्रदर्शन समेत गरेर उनीमाथि कारवाही माग गरिएको छ । यसअघि प्रचण्ड आफूलाइ पक्राउ गर्ने तयारी गरिएकाे भन्दै अस्ट्रेलियाकाे लागि तय भएकाे भ्रमण अन्तिम चरणमा स्थगित पनि गरेका थिए । 

यसअघि पूर्व प्रधानमन्त्री तथा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई अमेरिका पुगेका बेला पनि ठाउँ ठाउँमा उनका विरुद्ध प्रदर्शन गरिएका थिए ।

प्रचण्ड विरुद्धको उजुरी यस्तो छ

Loading...