झलनाथ खनालले ल्याए खनालले ल्याए दोस्रो गीति एल्बम

काठमाडौँ, ४ चैत । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ ।

उनको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरू भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको स्वरमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक हुने जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पूर्वप्रधानमन्त्री खनालले आफूले विसं २०६२/६३ को आन्दोलनपछि यता देशप्रेम, विकास, निर्माण, समृद्धि, गृह जिल्ला इलामका सन्दर्भहरूमा लेखिएका गीतहरू समावेश गरिएको जनाउँदै आन्दोलनको चरण सकिएकाले अब साहित्यकारले विकास र निर्माणका लागि कमल चलाउनु पर्नेमा जोड दिए ।

खनालको पहिलो गीति एल्बम ‘परिवर्तनका स्वरहरू भाग १’ २०६५ सालमा सार्वजनिक भएको थियो ।

महासङ्घका अध्यक्ष सरल सहयात्री र खगेन्द्र राईले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राजनीतिक कामको व्यस्त तालिकाबाट समय निकालेर साहित्य, कला र संस्कृतिमा कलम चलाएर नेता खनालले यस क्षेत्रलाई कार्यसूचीमा राखेको पाइनु सकारात्मक रहेको बताए ।

अनेकोटमा सांस्कृतिक दिवस

महासङ्घले सशस्त्र युद्धकालमा जनकलाकारहरूको हत्या गरिएको स्थल काभ्रेको अनेकोटका मङ्गलबार कलाकारहरूको सम्मानसहित सांस्कृतिक दिवस मनाउने भएको छ ।

विगतमा तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट सांस्कृतिक महासङ्घले चैत ५ गतेलाई सांस्कृतिक दिवस मनाउने गरेकामा नेकपा (एमाले) सँगको एकतापछि र पार्टी सरकारमा भएको स्थितिमा सांस्कृतिक दिवस मनाउन लागिएको महासङ्घका महासचिव प्रेमनाथ अधिकारीले जानकारी दिए । विसं २०५५ चैत ५ गते सात जना जनकलाकारको हत्या भएको थियो ।

Loading...