भाइरल गायक पुष्कल शर्माले ल्याए अर्काे मार्मिक गीत (भिडियो)

काठमाडाैं । मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ ।

जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ ।

संगीत गैरेको शब्द तथा लय सिर्जनामा जीवनको वास्तविक भावहरूलाई जीवन्तता दिइएको छ । “हाँस्नु तिमी”गीतको निर्देशन काजिश श्रेष्ठले गरेका छन भने, सुरेश श्रेष्ठको छायाँङकन दीपक विष्टको सम्पादन रहेको छ । भिडियोमा सारिका केसी र गोपाल लोक प्रेमीको अभिनय देख्न सकिन्छ ।

हेर्नुहाेस पूरा भिडियाे

Loading...