रवि लामिछानेलाई लाश वेवारिसे पारिदिने धम्की

काठमाडाैं । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष विरुद्ध कडा प्रतिक्रिया जनाएपछि पत्रकार रवि लामिछानेका विरुद्ध सामाजिक सञ्जालमा गालीका बर्सा लाग्ने गरेका छन् । 

यसैक्रममा वाइसिएलका अध्यक्ष रामप्रसाद सापकाेटा दिपशिखाले रविलाइृ कारवाही गर्न सरकारसँग माग गरेका छन् । उनले रविलाइ माफी दिनै नसकिने जिकिर पनि गरेका छन् । 

रविले अाफूलाइृ देशकाे नियम कानुनभन्दा माथि सम्झिन थालेकाे अाराेप लगाउँदै दिपशिखाले उनलाइृ कानुनकाे दायरामा ल्याउन माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्ताे माग गरेका हुन् । उनले अाफ्नाे स्टाटसमा लेखेका छन्, “पत्रकार जस्तो जिम्मेवार पेसामा आवध्द भएर मनोमानी गर्दा भन्दा पत्रकार पेसाको नै बेइज्जत भएको छ। रविलाइ कानुनको दायरामा ल्याउनु पर्छ । हिजो देश जनयुद्धमा हुँदा नेपाली नागरिकता त्यागेर अरुको देशलाइ अङ्गाल्ने अनि त्यही बेलामा ज्यानको बाजि लगाएर विना स्वार्थ बन्दुक बोकेर दु:ख कष्ट भोगेर जन्युध्दमा होमिएकोहरु मन्त्री हुँदा के उनीहरुको नाताले छेक्यो? हिजो जनयुद्धमा होमिदा त नातावाद हेरिएन अनि उनीहरुको बलिदान माथि उभिएर अहिले उनीहरुको नाता केलाउनु कतिसम्मको उचित होला ?”

त्यसैगरी उनले एक अर्काे स्टाटसमा रविलार्इ अभद्र गाली पनि गरेका छन् । पहिलाे प्रतिक्रियामा रविलाइृ ‘पेटिकाेट लम्पट’ भनेका सापकाेटाले त्यसका ठाउँमा पाखण्ड राखेका छन् । उनले त्याे सच्याएकाे पनि त्यसमै राखेका छन् । उनले भनेका छन्, “पत्रकार नामको एक ‘पाखण्डी’ ले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डबारे जे अभिव्यक्ति दिए त्यो खेदजन्य मात्रै छैन माफियोग्य समेत छैन । कृष्णलीला भक्त लामिछानेप्रति साईबर अपराध अन्तर्गत कारवाही गर सरकार ! (सुझाव र आलोचनाको आधारमा ‘पेटिकोट लम्पट’ लाई सच्याइएर ‘पाखण्डी’ राखेको छु । श्रदाका पात्र महिलाहरुमा चोट पर्न गएको भए क्षमाप्राथि छु)”

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विप्लवले मार्ने योजना बनाएको भन्ने समाचार भाइरल भैरहेकै समयमा रवि लामिछानेले न्यूज २४ टेलिभिजनबाट प्रचण्ड मरेर केही फरक नपर्ने भन्ने भावमा अभिव्यक्ति दिएका थिए । उनकाे त्याे भनाइ अहिले निकै भाइरल भैरहेको छ ।

रविले प्रचण्ड प्रवृतिको खुलेरै विरोध नगरी बस्न नसक्ने भन्दै विप्लबलाई प्रतिबन्ध लगाउन नहुने धारणा पनि बताएका छन् । उनको त्यस अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । उनलाई कारवाही गर्नुपर्ने माग सरकारसँग धेरै नेता कार्यकर्ताले गरिरहेका छन् ।

त्यसैगरी वाइसियलका काठमाडाैं जिल्लाका पूर्व अध्यक्ष शिव कोइराला ज्वालाले रवि लामिछानेलाई कारवाही गर्ने हिम्मत राख्न सरकारसँग माग गरेका छन् । अन्यथा रवि वेवारिसे लाश हुने चेतावनी पनि उनले फेसबुकमा दिएका छन । 

प्रचण्डकाे विराेधमा रविले दिएकाे अभिव्यक्तिकाे विराेध गेर्दै उनले लेखेका छन, ‘सरकार रवि लामिछानेलाई तह लगाउने हैसियत राख ! अन्यथा रवि वेवारिसे लाश हुँदा तेराे अनुसन्धान गर्ने क्षमता कमजाेर छ, तैलाई अवगत हाेला नै ।’

रविका विरुद्ध सामाजिक सञ्जालमा यसरी ज्यान मार्नेसम्मकाे धम्की दिँदा पनि त्यसका विषयमा सरकारले केहि बाेलेकाे छैन । 

यस्ताे छ स्टाटस हेर्नुहाेस

 

Loading...