फेसबुकमा चिनेका प्रेमीलाई भेट्न जाँदा किशोरी बलात्कृत

सुर्खेत । सामाजिक सञ्जाल चिनजान मात्र हाेइन, विकृतिकाे माध्यम बन्न गएकाे छ । फेसबुकमा भेटिएका मान्छेसँग दुइ दिन बाेलेका भरमा धेरै सम्बन्धहरु बन्ने गरेका छन् । फेसबुककै भरमा विवाह सम्बन्धहरु पनि गाँसिएका छन् ।

यसैक्रममा सुर्खेतमा फेसबुकमा चिनजानकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कृत भएकी छन । फागुन २६ गते फेसबुकमार्फत् नै चिनजान भएका किशोरलाई भेट्न जाँदा किशोरी बलात्कृत भएकी हुन्। दिउँसो २ बजे वीरेन्द्रनगर-९ स्थिति कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुई किशोरले बलात्कार गरेको जाहेरी पीडित परिवारले प्रहरीमा दिएको छ।

वीरेन्द्रनगरमा कक्षा ७ मा पढ्दै गरेकी १५ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएपछि पीडित परिवारले जाहेरी दिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। बलात्कार आरोप लागेका दुईमध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका किशोर १६ वर्षका हुन्। उनको नाम गोप्य राखिएको छ।

उनका साथी १७ वर्षीय सागर चौधरी भने फरार छन्। पक्राउ परेका किशोरले प्रहरीसँगको वयानमा फेसबुकमार्फत् प्रेम सम्बन्धमा रहेको र घुम्न जाँदा सहमतिमै शारीरिक सम्पर्क राखेको बताएका छन्। पक्राउ परेका किशोरले उनीहरुबीच २५ दिनदेखि फेसबुकमा कुराकानी हुँदै आएको बताएका छन्।

Loading...