मिर्गौला प्रत्यारोपण गर्न अर्थाभाव

पाँचथर, १ चैत  : पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–७ माझीटारकी २२ वर्षीया सरिता माझीको दुवै मिर्गौला फेल भएपछि परिवार पीडामा परेको छ ।

सरितालाई बचाउन मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएको उनका श्रीमान् मङ्गलबहादुर माझीले बताP । कमजोर आर्थिक अवस्था भएका माझी परिवारलाई मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने रकम जुटाउन गाह्रो भएको छ । सरिताका ससुरा जसबहादुर माझीका अनुसार सरिताको उपचारमा हालसम्ममा रु दुई लाख रुपैयाँ खर्च भइसकेको छ । सरिताको एउटा मिर्गौला प्रत्यारोपण गर्न झण्डै रु १२ लाख रकम आवश्यक पर्ने माझी परिवारको भनाइ छ ।

सरिताको उपचारमा आर्थिक अभाव भएपछि माझी परिवारले सहयोगका लागि आग्रह गरेको छ । सरिताका श्रीमान मङ्गलबहादुरले भन्, “ऋण गरेरै श्रीमतीलाई विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराटनगर र शिक्षण अस्पताल काठमाडौँसम्म पु¥याएँ, चिकित्सकले मिर्गौला फेर्नुपर्छ भनेका छन्, त्यतिका धेरै पैसा कहाँबाट ल्याउनु ?” उहाँले भावुक हुँदै श्रीमतीलाई बचाइदिन अनुरोधसमेत  छ। माझी दम्पतीका सात वर्षीया छोरीसमेत छिन् ।

 

Loading...