३३ प्रतिशत क्याम्पस प्रमुख महिला राख्न माग गर्दै त्रिविका प्राध्यापक आन्दोलित

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् । त्रिवीका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै उनीहरु आन्दाेलनमा उत्रिएका हुन् ।

उनीहरुले राजधानीकाे बागबजारस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका हुन् । त्रिवीका देशभर रहेकाका ६१ अांगिक क्याम्पसमध्ये कम्तिमा २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले पटक पटक महिला प्रमुखको माग गर्दै आएका छन् । त्रिविका पदाधिकारीले आफुहरुको मागको सुनुवाई नगरेको आरोप लगाउदै उनीहरुले ५ दिन अघि त्रिवि उपकुलपति प्राडा तीर्थराज खनिया, बिहीबारबाट रेक्टर प्राडा सुधा त्रिपाठी र रजिष्टार प्रा डिल्लीराम उप्रेतीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । महिला शिक्षकको आन्दोलनको कारण बिहीबार पदमकन्यामा तोकिएको परीक्षा केन्द्र समेत परिवर्तन गरेको छ ।

त्रिविले पद्मकन्या क्याम्पसमा महिला प्रमुख नबनाएको झोकमा आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले ३३ प्रतिशत आंगिक क्याम्पसमा महिला प्रमुख नियुक्ती नगरे विद्यार्थी सहित आमरण अनुसन बस्ने चेतावनी दिएका छन् । पद्मकन्या क्याम्पस महिला कर्मचारी प्राध्यापक संघ संजालका सचिव एवं उपप्राध्यापक विमला नेपालले देशभरका ६१ क्याम्पस मध्य ३३ प्रतिशत अर्थात २० आंगिक क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने बताए ।

उनले महिला शिक्षक र विद्यार्थीको मागलाई वेवास्ता गरे आगामी आइतबारबाट कालोपट्टी बाँधेर पठन पाठन गराउने, आन्दोलनको विषयमा विद्यार्थीलाई जानकारी दिने र त्यो बेला सम्ममा पनि माग पुरा नभए विद्यार्थी सहित आमरण अनसन बस्ने चेतावनी दिए ।

Loading...