कोठा नम्बर ५ बाट उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

बारा, २९ फागुन । सिम्रौनगढ उद्योग वाणिज्य संघका अध्यक्ष जयन्त कुसवाहा पक्राउ परेका छन् । प्रहरीले कुसवाहलाई बाराकै निजगढमा रहेकाे एक हाेटलबाट बुधबार पक्राउ गरेको हाे ।

निजगढ-९ मा रहेकाे गुरुङ होटेलको कोठा नम्बर ५ बाट उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कलैयामा ल्याइएको छ । घटनास्थल निजगढ सिम्रौनगढबाट ४० किमि उत्तरमा पर्छ ।सिम्रौनगढ नगरपालिकाकी राजपाबाट निर्वाचित उपमेयर रीमा कुसवाहाकी पति सिम्रौनगढ-७, खजानी निवासी ३९ वर्षीय कुसवाहा त्यहाँका उद्योग वाणिज्य संघका दोस्रो कार्यकालका अध्यक्ष हुन्। उनी खजानी माविका व्यवस्थापन समिति पूर्वअध्यक्षसमेत हुन्। ३२ वर्षीय विवाहित पीडित महिलाले आफूलाई गलत नियतले पटकपटक फोन गरी होटेलमा बोलाउँदै आएकोले पतिको सल्लाहमा आफू त्यहाँ गएको प्रहरीलाई जानकारी दिएकी छन्। कुसवाहा परिवारले षड्यन्त्र गरी चरित्र हत्या गर्ने नियतले फसाइएको बताएका छन्।

‘जिल्ला प्रहरीमा ती महिलाले केही दिन पहिला उजुरी दिएकी थिइन्,’ प्रहरी उपरीक्षक सानुराम भट्टराइले भने, ‘तिनै पीडित महिलाको सूचनाको आधारमा पक्राउ गरिएको छ।’ घटनाबारे छानबिन गरी कारबाही गरिने उनले बताए।

Loading...