नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति मोहन बैद्य आक्रोशित

काठमाडौं, २९ फागुन । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति निन्दा व्यक्त गरेका छन् ।

अध्यक्ष मोहन बैद्यले काठमाडौंको बुद्धनगरमा पार्टीको बैठकमा उक्त आक्रोश व्यक्त गरेका हुन् । बैठकमा बैद्यले सरकार फासिवादी शैलीमा अघि बढेको भन्दै आक्रोश व्यक्त गरेको एक नेताले बताए । सो बैठकले सरकारको निर्णयको निन्दा पनि गरेको छ ।

मोहन बैद्य किरणको अध्यक्षतामा बसेको बैठकका निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले भनेको छ, ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ ।’

सरकारको निर्णयको कडा विरोध तथा भत्र्सना गर्दै क्रान्तिकारी माओवादीले राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै गर्नुपर्ने बताएको छ । साथै बैद्यले धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोकी प्रतिबन्ध फिर्ता लिन सरकारसँग माग गरेका छन ।

Loading...