विप्लवमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति नायिका रेखा थापाको कडा विरोध

काठमाडौं २९ फागुन । नेत्रविक्रम चन्द विप्लवकाे पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारकाे निर्णयकाे अभिनेत्री रेखा थापाले विराेध गरेकी छन् । अभिनेत्री थापाले याे निर्णयबाट देशमा द्वन्द्व निम्तिने बताएकी छन । सरकारले देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँदै उनले त्यसप्रति अाक्राेश समेत पाेखेकी छन्। फेसबुकमा स्टाटस लेख्दै नायिका थापाले यसप्रति अाक्राेश पाेखेकी छन् । 

सरकारले विप्लव नेकपालाई लगाएको प्रतिबन्ध र सीके राउतसँग गरेको सहमतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै नायिका थापाले यस्तो आरोप लगाएकी छन्। सरकारले यी दुई काम गरेर मुलुकमा जबर्जस्ती युद्ध थोपर्न खोजेको अभिनेत्री थापाको आरोप छ। साथै उनले विप्लव समूहलाई देशभक्तको उपमा समेत दिएकी छन्।

फेसबुकमा स्टाटस लेख्दै थापाले भनेकी छन्, ‘यो सरकार कसले चलाएको छ? जबर्जस्ती युद्ध थोपर्न पो थाल्यो। देशभक्त विप्लवमाथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो? प्रतिवाद हुने निश्चित छ।’

Loading...