१५० कृतिका लेखक चर्चित भिक्षु अश्वघोषको स्वास्थ्य चिन्ताजनक

काठमाडाैं । थेरवाद बुद्धधर्म भिक्षु महासंघका संघनायक भिक्षु अश्वघोष महास्थवीरको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ।

मिर्गौला, मुटु र कलेजोलगायत समस्याबाट पीडित ९४ वर्षीय अश्वघोष ग्रान्डी अस्पतालमा उपचाररत छन्। करिब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लागेका भिक्षु अश्वघोषले १ सय ५० कृति प्रकाशन गरेका छन्।

उनी अखिल भिक्षु महासंघका सल्लाहकारसमेत रहेका भिक्षु तपस्वीधम्मले जानकारी दिए।

Loading...