लोकसेवाद्वारा ठूलो संख्यामा खरिदार पदका लागि विज्ञापन आह्वान

काठमाडौं, २९ फागुन । लोकसेवा आयोगले राजपत्र अतंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहको पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

आयोगले बुधबार प्रकाशित गरेको सूचनाअनुसार धनकुटा, इलाम, खोटाङ, जलेश्वर काठमाडौ, हेटौडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला , दीपायल र महेन्द्रनगर कार्यालयका लागि छुट्टाछुट्टै सेवा, समूह तथा उपसमूहमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले चैत १९ गतेभित्र तोकिएको नियमअनुसार आवेदन दिनुपर्नेछ भने उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । यस्तै महिला तथा अपांगको हकमा भने ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

यस्तै आयोगले खरिदार पदकै लागि आन्तरिक बढुवाको सूचना र लिखित परीक्षाको मिति पनि तोकेको छ ।

Loading...