धारै नभकाहरू मुलधारमा आऊ रे

धारै नभकाहरू मुलधारमा आऊ रे मलाई ताजुब लाग्छ यार !
मुलधारकालाई चै किनारा लाऊ रे मलाई ताजुब लाग्छ यार !

शासक बर्वराउने, सत्ता धर्मराउने पनि गीत गाउने हाे श्रष्टाले ?
बरू काला कर्तुतकाे गुनगान गाऊ रे मलाई ताजुब लाग्छ यार !

जीवन तरकारीकाे मूल्य जस्तै ठानी आत्महत्या गर्दैछ किसान
खाेक्छाै, राेजे जति छ बजार भाउ रे मलाई ताजुब लाग्छ यार !

निकम्मा सर्टिफिकेटले नै बनाएकाे एक वाैद्विक पागल हुँ म
अब तीनै सर्टिफिकेट सँग रमाउ रे मलाई ताजुब लाग्छ यार !

के यसरी नै बन्ने हाे सुखी नेपाली अनि समृद्व नेपाल मान्यवर ?
सबै नाै जवानहरू खाडीमा जाऊ रे मलाई ताजुब लाग्छ यार !

Loading...