नवनिर्वाचित मलेसियाली राजाले गरे संसदमा पहिलो सम्बोधन

एजेन्सी । मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्बोधन गरेका छन् ।

उनले सम्बोधनका क्रममा राष्ट्रिय एकताका लागि दलहरूलाई आह्वान गरेको समाचारमा जनाइएको छ ।

गत जनवरीमा देशको १६औँ राजाका रूपमा राज्याभिषेक गरेका अब्दुल्लाहले बहुसांस्कृतिक र बहुजातीय पक्षलाई विषेश महत्व दिन पनि आग्रह गरेका छन् ।

“बहुजातीय जनसङ्ख्या भएको मुलुकमा सबै एकताबद्ध भयो भने त्यो निकै ठूलो शक्ति बन्न सक्छ,” उनले भने ।

विषेश गरी विश्व अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी नयाँ प्रविधि र नयाँ आर्थिक अवसरहरूलाई उपयोग गर्नेतर्फ लाग्न सरकारलाई सुझाव पनि उनले दिए ।

“मलाई विश्वास छ, नयाँ धनी व्यक्तिहरू तयार पार्नका लागि सरकारले नयाँ उद्यमीहरू, नयाँ लगानीकर्ताहरू र नयाँ अन्वेषकहरूलाई प्रोत्साहन गर्नेछ,” राजा अब्दुल्लाहले थपे ।

अहिले चलिरहेका साना तथा मझौला उद्यमलाई पनि नयाँ प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरमा हुनेगरी विस्तार र विकास गर्नुपर्नेमा उनको जोड थियो ।

Loading...