आस्थाको अजम्बरी धराहरा ढल्दैन कमरेड

बादलको हलचलले पत्थर गल्दैन कमरेड
उखान टुक्काको भरमा देश चल्दैन कमरेड

दुई-चार दिनको रमझममा रमाएर के गर्नु
बनमारा रोपेपछि सुन्तला फल्दैन कमरेड

बाध्यताको चौतारीमा सन्नटा छाए पनि
मसान छेउमा शान्तिको दियो बल्दैन कमरेड

आवेग र उत्तेजनाले मात्रै के पो हुन्छ र
तातोपानीले कहिल्यै घर जल्दैन कमरेड

चाहे धम्की बर्षियोस या त दमन दन्कियोस
आस्थाको अजम्बरी धराहरा ढल्दैन कमरेड

Loading...