एकायन कराते संघ बाँके जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

बाँके, २७ फागुन । नेपाल एकायन कराते संघ बाके जिल्ला समितिको प्रथम वार्षिक साधण सभा सोमबार सम्पन्न भएको छ ।

बाँके उप माहानगरपालिका वडा नं. १०, नेपालगन्जको गणेशमान सिंह चोक स्थित साथी कृष्ण कटेजमा जिल्ला समितिका उपाध्यक्ष श्री सन्तराम चौधरीको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हाे । साधारण सभामा बाँके जिल्ला खेलकूद विकास समितिका अध्यक्ष आतंक बस्नेत प्रमुख अथिति रहेका थिए । 

कार्यक्रममा विशेष अतिथि नेपाल एकायन कराते संघका केन्द्रीय अध्यक्ष श्रीकृष्ण डंगोल रहेका थिए । वार्षिक साधारण सभाबाट नेपाल एकायन कराते संघ बाँके जिल्ला समितिको नयाँ कार्य समितिको चयन गरिएको छ । नयाँ कार्यसमितिकाे अध्यक्षमा गिरिराज भुसाल, उपाध्यक्ष श्री कृष्ण ओली, उपाध्यक्ष विजय लम्साल, सचिव श्री चन्द्र बोहरा, कोषाध्यक्ष आनद घिमिरे तथा सदस्यहरुमा बिनोद सिह सिजापति, प्रमिला बोहरा, मधु भुसाल, नुत्तम भारती, श्यामा यादव, सन्त राम चौधरी, रस्मिता पौडेल तथा मा हुसन हलुवाइ निर्वाचित भएका छन् । 

Loading...