पिचरोड बनाउने ठेकेदारलाइ सम्पदा निर्माणको जिम्मा दिँदा कुनै काम भएनन्: चिरिवावु महर्जन ( अडियो सहित )

ललितपुर । भुकम्पले भत्केका सम्पदा पुननिर्माण गर्न पुरातत्व बिभाग अन्तर्गत टेण्डर पाएका ठेकेदारले कुनै काम नगरेको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले खुलासा गरेका छन ।

ठेकेदार कम्पनीले सम्झौता गरिएकाे कूल लागतको २५ देखि ३० प्रतिशत रकम अग्रिम बुझेर लगिसकेकाे तर काम अलपत्र छोडेको उनले बताएका छन ।

महर्जनले महानगरले स्वयम् भत्केका सम्पदाको पुननिर्माण गरेको भए बलियो निर्माण हुने बताउँदै ठेक्का टेण्डरमा हाल बन्दै गरेका र निर्माण भइसकेका सम्पदा सबै बिग्रेको प्राबिधिक जाँचमा पाइएको जानकारी दिए ।

श्रीलंका सरकारको सहयोगमा ललितपुर बुङ्गमतिमा पुनर्निर्माण भइरहेको मच्छिन्द्र नाथको मन्दिर टेण्डर प्रक्रियाबाट जाँदा अहिले अलपत्र परेकाे छ । उक्त कार्य मौलिक परम्परागत शैलीका बारेमा दख्खल नै नभएका पिचरोड बनाउने ठेकेदारलाइ दिएका कारण तीनवर्ष बितिसक्दा जम्मा २२ प्रतिशत मात्र काम सकिएको प्रमुख महर्जनले बताए । बि.संं. २०७२ माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको सुरुवात यहीँबाट गरेका थिए ।

ललितपुर महानगरपालिकाकाे पुरातात्विक महत्वकाे पूर्णचण्डी पोखरी पुरानै आकारमा बनाइने भएकाे छ । बि.संं. २०२१ सालको नापीको क्षेत्रफल कायम गरी निर्माण थालेको महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । महानगरले पोखरी पुनःनिर्माण गर्न यसवर्षको बजेटमा १ करोड ५८ लाख छुट्याइएको छ । पोखरी अर्को वर्षसम्ममा मौलिक परम्परागत शैलीमा निर्माण सम्पन्न हुने भएको बताइएकाे छ । ऐतिहासिक पोखरी वरपर बगैचा, बिश्रामस्थल समेत बनाइने महानगले बताएको छ । ललितपुरभित्र एक शताव्दी अगाडि ३९ वटा पोखरी संंरक्षित अवस्थामा रहेकोमा हाल १६ वटा मात्र सामान्य अवस्थामा रहेका छन् ।

डिजिटल रेडियो आवाजमा- ललितपुर महानगर पालिका प्रमुख चिरीबाबु महर्जन-

 

 

Loading...