खतिवडालाई वेदमणि अभिनव वर्ष उत्कृष्ट गजल पुरस्कार

काठमाडौँ, २६ फागुन । अभिनव साहित्य समाजले स्थापनाको १८ औँ वार्षिकोत्सवका अवसरमा जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

काठमाडौँ क्षेत्र नं. ३ (क) बाट प्रदेशसभा सदस्य पदमा विजयी छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल र गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायण सुवेदीलाई सम्मान गरिएको हो ।

जनप्रतिनिधिलाई सम्मान गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले जनताको भावनानुसार काम गर्न सामाजिक सम्मानले सहयोग गर्ने बताए । कार्यक्रममा सम्मानित जनप्रतिनिधिहरुले साहित्य समाजको ऐना भएकाले उन्नयनका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सात हजार नगदसहित मुना खतिवडालाई वेदमणि अभिनव वर्ष उत्कृष्ट गजल पुरस्कार प्रदान गरियो । अभिनवकी पूर्व कार्यसमिति सदस्य तथा साहित्यकार शान्ति रिसाल र शिक्षासेवी केशव सापकोटालाई विशेष अभिनन्दन गरिएको थियो ।

सम्मानसँगै समाजले २०५ औँ काव्य श्रृङ्खलाअन्तर्गत विशेष कवि गोष्ठी सम्पन्न गरेको थियो । कार्यक्रममा दुर्गा रिमाल, सविता पोखरेल, बीपी इलामे र कुसुम घिमिरेलाई वाचन भएका रचनामध्ये उत्कृष्ट भनी पुरस्कार प्रदान गरिएको थियो ।

कवि गोष्ठीमा बबी दाहाल, निशा खड्का, ओमप्रसाद कोइराला, दीपक दाहाल, रामकुमार पण्डित, सीताराम पोखरेल, पुन्य गौतम ‘विश्वास’, धनश्याम प्रसाई, मेनका पोखरेल, भाग्यशाली अधिकारी, सुमन पुडासैनी, डा शेषराज आचार्य, कृष्णप्रसाद नेपाल, माधवलाल श्रेष्ठ, गोविन्द नेपाल, मञ्जुश्री केसी प्रधान, दिलीप अर्याल, रत्ननिधि रेग्मी, लुमन्ती चित्रकार, दुर्लभ शाह, उर्मिला पन्त, बाजुराम पौडेललगायतले रचना पाठ गरेका थिए ।

Loading...