१४९ यात्रु बोकेको जहाज दुर्घटना हुँदा चालक दलका सदस्यसहित सबैको मृत्यु

काठमाडौ, २६ फागुन । इथाेपियामा ठूलाे जहाज दुर्घटनामा परेकाे छ । १४९ जना यात्रु बाेकेकाे इथोपियन एयरलाइन्सको विमान दुर्घटनामा पर्दा जहाजमा यात्रा गर्ने सबैकाे मृत्यु भएकाे छ ।

इथाेपियन एयरलाइन्सकाे बोइङ-७३७ विमान दुर्घटनामा परेकाे हाे । इथाेपियाकाे राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विमानमा एक सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरु रहेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। दुर्घटना परी प्लेनमा सवार सबै जनाको मृत्यु भएको बताइएको छ । इथोपियाका प्रधानमन्त्री अबी अहमदले दुर्घटनामा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली दिँदै मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन्। विमानमा विभिन्न ३३ मुलुकका यात्रुहरु सवार रहेकाे बताइएकाे छ ।

इथाेपियन एयरलाइन्सकाे आधिकारिक ट्वीटर पेजमा यस्ताे भनिएकाे छ:

Loading...