१० हजार सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट जडान गर्ने वर्ल्ड लिंकको घोषणा

काठमाडौं, २६ फागुन । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संस्था वल्र्डलिंकले देशका १० हजार सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने घोषणा गरेको छ ।

राजधानीमा पत्रकार सम्मेलन गरेर वल्र्डलिंकले अहिलेसम्म देशका ३ हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा जडान गरिसकेको र आगामी दिनमा सात हजार स्थानमा थपेर एक वर्षभित्र १० हजार पु¥याउने योजना रहेको जनाएको छ । काठमाडौ महानगरपालिकासँग सहकार्य गरेर उपत्यकाका विभिन्न ठाउँमा निःशुल्क वाइफाइ सेवा जडान गरेको वल्र्ड लिंकले चर्चित हेरिटेज साइट, विमानस्थलहरु र अन्य सार्वजनिक स्थलमा यस्तो सेवा जडान गर्ने बताएको छ ।

वल्र्ड लिंकले पब्लिक वाइफाई प्रोजेक्ट, सडकमा छितरिएका तारहरु व्यवस्थित गर्ने वायर म्यानेजमेन्ट प्रोजेक्ट, कर्णालीका दूरदराजका गाउँमा समेत इन्टरनेट पु¥याउने कर्णाली प्रोजेक्ट, इन्टरनेट सम्बन्धी चेतनामूलक कार्यक्रम र इन्टरनेटको नयाँ स्ट्यान्डार्ड नामका विविध प्रोजेक्टका बारेमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै वल्र्ड लिंकका अध्यक्ष अग्रवालले वल्र्ड लिंक नेपाल टेलिकम, एनसेलपछि तेस्रो ठूलो इन्टरनेट सेवा प्रदायक संस्था भएको बताए । वल्र्डलिंक वार्षिक १ अर्ब १० करोड सरकारलाई राजश्व तिरेर आइसीटी सेक्टरको सबैभन्दा ठूलो करदाता भएको अग्रवालले दावी गरे । उनले वल्र्ड लिंकले अहिले ३ हजार जनालाई रोजगार प्रदान गरिरहेको बताए । त्यसमध्ये ६५ प्रतिशत प्राविधिकतर्फ र ३५ प्रतिशत प्रशासनिक सेवातर्फ कर्मचारी रहेको जानकारी गराए ।

त्यसैगरी वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अन्नपूर्ण वेशक्याम्पमा छिट्टै फाइवर मार्फत इन्टरनेट सेवा पु¥याउने काम भइरहेको जानकारी दिए । अन्नपूर्ण वेशक्याम्पमा पुग्ने पर्यटकले त्यहीबाट उच्च गतिको इन्टरनेट जोडी फोटो तथा भिडियो संसारभर सेयर गर्नसक्ने बताउँदै त्यसले देशको पर्यटनमा पनि राम्रो प्रभाव पर्ने बताए ।

वल्र्ड लिंकले कर्णाली प्रोजेक्ट अन्तर्गत प्याकेज ए र प्याकेज बी गरी दुई चरणका काम अगाडि बढाएको जनाएको छ । प्याकेज ए अन्तर्गत अहिले कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पामा सेवा पु¥याएको दावी गरेको छ । हिमपातका कारण काममा अवरोध आएकाले कर्णालीका उपल्लो भेगमा काम हुन नसकेको र तल्लो क्षेत्र सबैतिर काम सम्पन्न भइसकेको बताइएको छ । उपल्लो कर्णाली क्षेत्रको भौगोलिक अवस्थिति निकै जटीले भएको र वस्तीहरु पातलो भए पनि कर्णाली प्रदेशका वायरलेस र तार प्रविधिमार्फत सबै ठाउँमा इन्टरनेट सेवा पु¥याउने दावी वल्र्ड लिंकका अध्यक्ष अग्रवालले गरे । उनले प्याकेज बी अन्तर्गत रोल्पा, रुकुम, जाजरकोट र कालिकोटमा यो सेवा विस्तार गर्ने बताए ।

सिइओ नेपालले अहिले वल्र्ड लिंकले रु. १२५० मा टीभी र इन्टरनेट सेवा प्रदान गरेर सबैभन्दा सस्तो दरमा उच्च गतिको सेवा प्रदान गरिरहेको बताए । नेटटीभीमार्फत दिने टीभी सेवामा ८० भन्दा बढी एचडी च्यानल प्रदान गरिरहेको उनको भनाइ छ ।

वल्र्ड लिंकले वायर म्यानेजमेन्ट प्रोजेक्ट अन्तर्गत काठमाडौंको त्रिपुरेश्वरदेखि लाजिम्पाठ पानीपोखरीसम्म सडकमा रहेका तारहरु व्यवस्थित गरेको बताएको छ । साथै अब अरु क्षेत्रहरुमा पनि यो काम गर्ने जनाएको छ । यसले सहरको सौन्दर्य कायम राख्न मद्दत पुग्ने वल्र्ड लिंकका सिइओ नेपालको भनाई छ ।

वल्र्ड लिंक आफ्नो एप मार्फत विशेष छुटमा विभिन्न सामानहरु किनमेल गर्न सक्ने फिचर, वाइफाई म्यानेजमेन्ट अन्तर्गत आफ्नो वाइफाई कसले चलाइरहेको छ भन्ने हेर्नसक्ने फिचर पनि समावेश गरेर प्रयोगमा ल्याएको जनाएको छ । वल्र्ड लिंकले अहिले आफ्नो २ लाख ८० हजार ग्राहक रहेको दावी गरेको छ ।

Loading...