विजुक्छेले खोले सिके-सरकार सहमतिको राजः भारतको पहलमा सहमति भएको दावी

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले तराईलाई नेपालबाट टुक्र्याएर छुट्टै देश बनाउन लागेका सिके राउत र सरकारबीचको सहमतिमाथि गम्भीर प्रश्न उठाएका छन् । नेता विजुक्छेले यो सहमति भारतकै निर्देशनमा भएको दावी पनि गरेका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता विजुक्छेले केपी ओली नेतृत्वको सरकार भारतको चङ्गुलमा फस्दै गएको दावी पनि गरे ।

सो क्रममा नेता विजुक्छेले दक्षिण एशियामा भारत नाङ्गिदै गएको दावी गरे । पछिल्लो समय भारतले पाकिस्तानमा गरेको आक्रमणमा घाइते पाइलटलाई पाकिस्तानले विना शर्त रिहा गर्नु प्रशंसनीय काम भएको बताउँदै विश्वमा भारत नाङ्गिदै गएको स्पष्ट बताए ।

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समिति छात्रा विभागले १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको दुईदिने छात्रा प्रशिक्षण कार्यक्रमको समापन शत्रमा बोल्दै नेता विजुक्छेले राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्ने क्षेत्र भएको उल्लेख गर्दै कार्यकर्तालाई राजनैतिक रूपले सचेत र सङ्गठित गर्नु नेतृत्व तहको जिम्मेवारी भएको बताए ।

Loading...