रात्रीक्लबमा ग्रिनेड र बन्दुक आक्रमण, १४ जनाको मृत्यु

काठमाडौं, २६ फागुन । मेक्सिकोको विभिन्न स्थानमा शनिबार भएका हिंसात्मक घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तीमा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

त्यसैगरी, मोन्टेरे शहरमा लागु औषध कारोबार गर्ने एक समूह र सेनाबीच झडपपछि गोली चल्दा सात जना शङ्कास्पद लागु औषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको त्यहाँको सुरक्षाकर्मीले जनाएको छ ।

Loading...