८ महिनामा १०८ कर्मचारी घूस लिँदालिँदै पक्राउ

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी अाेलीले  भ्रष्टाचारमुक्त प्रशासनकाे भाषण गरिरहँँदा पछिल्लो ८ महिनामा सबैभन्दा बढी कर्मचारी पक्राउ परेकाे तथ्य सार्वजनिक भएको छ ।

गत साउनदेखि फागुन २१ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले १०८ जना सरकारी कर्मचारी पक्राउ गरेको छ । अायाेगले ८ महिनामा ७५ वटा स्टिङ अपरेसन गरेेर १०८ जना कर्मचारी पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सहसचिवदेखि तल्लो तहाका कर्मचारी र प्रहरीसम्म छन । 

अख्तियारले घुस रकमसहित एकजना सहसचिव,  ५  उपसचिव,  १२ शाखा अधिकृत, २ जना प्रहरी नायव उपरीक्षकसहित विभिन्न कार्यालयका १ सय ८ कर्मचारी प्रकाउ गरेकाे जनाएको छ ।

पक्राउमध्ये धेरैजसो स्थानीय तह, नापी, मालपोत, यातायात कार्यालय र अदालतका कर्मचारी छन् । सेवाग्राहीको भीड लाग्ने कार्यालयमा घूसको लेनदेन बढी भइरहेको अख्तियारको अनुसन्धानले देखाएको छ । 

कर्मचारीले काम छिटो गर्नदेखि कानुनले वर्जित गरेका काम मिलाइदिन घुस लिएको पाइएको छ । तर अख्तियारले र‌ंगेहात समाइएका कर्मचारीमार्फत तिनलाई संरक्षण दिने उच्च पदाधिकारी र सहयोगी सञ्जालसम्मलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन । 

Loading...