भोजपुरमा पनि हतियार बरामद

भोजपुर, २५ फागुन । जिल्ला प्रहरी कार्यालयले विभिन्न वन्यजन्तुको छाला, अङ्ग र अवैध हातहतियार बरामद गरेको छ । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु रुमलाका निरकुमार भुजेलको घरमा छापा मार्दा हतियारसहित दुर्लभ वन्यजन्तुको छाला फेला पारेको हो ।

प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार छापा मार्ने क्रममा भरुवा बन्दुक दुई थान, हाब्रेको छाला एक थान, भालुको छाला र पञ्जा एक÷एक थान, निगाले बाघको छाला एक थान, मृगको छाला एक थान बरामद गरेको छ । त्यस्तै भरुवा बन्दुकममा प्रयोग हुने ब्यारोल दुई थान र बन्दुकमा प्रयोग गरिने ४०० ग्राम बारुद बरामद गरेको छ । प्रहरीले आज पत्रकार सम्मलेनमार्फत् सामग्री सार्वजनिक गरेको हो ।

प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेको नेतृत्वमा खटिएको टोलीले भुजेलको दुई घरमा छापा मारेर वन्यजन्तुको छाला, अङ्ग र हातहतियार बरामद गरेको हो । भुजेल भने केही समय अगाडि मात्र वैदेशिक रोजगारीमा गएको भन्ने बुझिएकाले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थेवेले जानकारी दिए ।

Loading...