यस्ता छन् सरकारले सिके राउतसँग गरेका सहमति

नेपालबाट मधेशलाई अलग गरेर छुट्टै राष्ट्र निर्माण गर्ने अभियानमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले नेपाल सरकारसँग सहमति गरेका छन् । नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गर्ने र पृथकतावादी आन्दोलनलाई त्याग्ने सर्तमा सरकार र स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतबीच सहमति घोषणा गरिएको छ।

राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सहमति घोषणा कार्यक्रम भएको हो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट सिके राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सिके राउतले मूलधारको राजनीतिमा आएर स्वतन्त्र मधेस राज्यको माग छाड्ने बताएपछि दुईपक्षबीच राष्ट्रिय सभागृहमा यस्तो सहमति भएको हो ।

शुक्रबारबाट लागू भएको यो सहमतिमा सिके राउत र गृहमन्त्री रामबहादुर थापा बादलले हस्ताक्षर गरेका छन् । सहमतिका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित थिए ।

यस्ता छन् सरकारले सिके राउतसँग गरेका सहमति

Loading...