कर्मचारी समायोजन प्रक्रिया अगाडि बढीसकेको छ, अब कामले गति लिन्छ : मुख्यमन्त्री शाही

दुल्लु, २४ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारी समायोजन प्रक्रिया अगाडि बढीसकेको र समायोजन मार्फत सबै प्रशासनिक संरचनामा छिट्टै कर्मचारीको व्यवस्थापन गर्ने बताएका छन । संघियता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले अहिले नै निरास हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

शुक्रवार दैलेख उद्योग बाणिज्य संघद्धारा आयोजित ‘दैलेख महोत्सव-२०७५ तथा कर्णाली प्रदेशस्तरीय उद्यम, कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला’को उद्घाटन गर्दै कतिपय प्रशासनिक संरचना तयार भइनसकेका र तयार भैसकेका कतिपय कार्यालयमा कर्मचारीको अभाव कायमै रहदा सोचेजसरी काम गर्न नसकिएको दावी गर्दै मुख्यमन्त्री शाहीले यो समस्या छिट्टै समाधान हुने दावी गरे ।”कर्मचारी समायोजन प्रक्रिया अगाडी बढीसकेको छ अव कामले गति लिन्छ ।” मुख्यमन्त्री शाहीले भने ।

मुख्यमन्त्री शाहीले संघियता असफल पार्न चाहने तत्वहरु नियोजित रुपमा लागिरहेको समेत बताए । देश संघीयतामा गैसकेपनि संघीयता टिक्न नदिने तत्वहरु नियोजित रुपमा सल्बलाई रहेको उनको भनाइ थियो । “संघीयता असफल पार्ने केहि तत्वहरुले नियोजित रुपमा गलत प्रचारबाजी गरिरहेकाले त्यस्ता तत्वहरु माथी जनताले निगरानी राख्नुपर्छ।” उनले भने ।

पञ्चकोशी बृहत गुरुयोजना बनाउनुका साथै दैलेखको गढी र दुल्लु क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकिय क्षेत्रको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकारले योजना बनाएर काम गर्ने उनको भनाइ छ । प्रदेश सरकारले नीजि क्षेत्रका लागि लगानी मैत्री वातावरण बनाउन विशेष तयारी गरिरहेको बताउँदै मुख्यमन्त्री शाहीले भने “कर्णाली प्रदेशमा लगानी गर्न आउने निजी क्षेत्रलाई १० बर्षसम्मको कर छुट गर्ने घोषणा प्रदेश सरकारले गरिसकेको छ र हामी अझै विशेष योजना बनाउदैछौ ।”

Loading...